|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक अफगानिस्तान पुगेका छन्। थ्याङ्सगिभिङ डेको दिन पारेर उनी बिहीबार  साँझ अफगानिस्तान पुगेका हुन्।

'तालिबानहरू सम्झौता गर्न चाहन्छन्,' राजधानी काबुल नजिकैको बाग्राम सैन्य अड्डामा उत्रिएका ट्रम्पले अफगानिस्तानमा खटिएको अमेरिकी फौजलाई सम्बोधन गर्दै भने। सुरक्षा खतराका कारण उनको भ्रमणलाई गोप्य राखिएको थियो। केही सुरक्षा अधिकारीहरूसहित विशेष विमानमार्फत बाग्राम पुगेका ट्रम्पले अमेरिकी सैनिकहरूसँगै डिनर गरेका थिए।

'हामी तालिबानीहरूसँग छलफलमै छौं, हामीले संघर्ष विरामका लागि राख्दै आएको प्रस्ताव उनीहरूले नकार्दै आएका थिए,' उनले भने, 'अहिले भने उनीहरू त्यसका लागि तयार भएका छन्। काम हुन्छ भन्नेमा म ढुक्क छु।' तालिबानी र अमेरिकी अधिकारीहरूबीच दोहामा वार्ता हुँदै आएको थियो।

पहिलोपटक अफगानिस्तान पुगेका ट्रम्पले त्यहाँका राष्ट्रपति अस्रफ घानीसँग पनि भेटवार्ता गरेका छन्। त्यस क्रममा उनले अमेरिकाले क्रमशः अफगानिस्तानबाट आफ्नो सेना घटाउँदै लगेको बताए। ९/११ को आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा सेना परिचालन गरेको थियो। अहिले पनि अफगानिस्तानमा झण्डै १३ हजार अमेरिकी सेना छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.