|

कास्की : पोखरामा आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। मंगलबार दिउँसो २ बजे पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र सुदूरपश्चिम- ११ स्पोर्टिङ क्लब भिड्नेछन्। 

प्रतियोगितामा ३ विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ। आयोजक सहारासहित सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब, धरान फुटबल क्लब, एपीएफ, झापा- ११, संकटा क्लब, नेपाल पुलिस क्लब, मनाङ मर्स्याड्दी क्लब र आर्मी क्लबले प्रतियोगितामा भाग लिएका छन्। यस्तै अमेरिकाको एएनए फुटबल टिम, बङ्गलादेशको फारसगञ्ज स्पोर्टस् क्लब र भारतको युनाइटेड सिक्किम फुटबल क्लब पनि सहभागी छन्।

माघ १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ५ लाख एक हजार एक र उपविजेताले २ लाख ५१ हजार एक रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.