|

काठमाडौं : चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्यमा सोचेभन्दा राम्रो सुधार भएको बताएका छन्। मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार आयोजित पत्रकार सम्मेलन गरेर चिकित्सकहरुले यस्तो जानकारी दिएका हुन्। 

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले स्वास्थ्यमा सोचे भन्दा चाँडो र राम्रो सुधार भए पनि अझै कम्तीमा एकसाता अस्पताल नै बस्नुपर्ने जानकारी दिइन्। 

‘उहाँ (प्रधानमन्त्री) को स्वास्थ्यमा हामीले सोचेको भन्दा राम्रो सुधार भएको छ’, उनले भनिन्, ‘तर घाउ निको हुन कम्तीमा १० दिन लाग्ने भएकाले अझै एक सातासम्म आईसियुमै राखेर उपचार गर्छौँ। संक्रमणबाट जोगाउन एक सातासम्म अस्पतालमै राख्नुपर्ने निर्णय लिएका छौँ।’

उपचारमा संलग्न चिकित्सकहरुले एपेन्डिसाइटिस पाकेर पुरै पेटमा संक्रमण फैलिन पुगेकाले नियमित र कडा निगारीमा राख्नुपरेको जानकारी दिए। प्रधानमन्त्री ओलीकैै आग्रहमा उपचारमा संलग्न सबै चिकित्सकहरुको उपस्थितिमा स्वास्थ्यबारे विस्तृत जानकारी गराइएको हो।

‘एपेन्डिसाइटिसले प्रधानमन्त्रीको पेटमा पुरै संक्रमण फैलिएको रहेछ’, प्रधानमन्त्रीका अर्का निजी चिकित्सक डा. अरुण सायमीले भने, ‘हामीले थप क्षति हुन नदिन ाति हुन नदिन ‘क्विक डिसिजन’ लिनुपर्यो। तर अपरेशनपछि सोचेभन्दा चाँडो र राम्रो सुधार भएको छ।’

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्सकहरु डा.अरुण सायमी, डा. दिव्या सिंह, मनमोहनका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठ, सर्जन रमेशसिंह भण्डारी र क्रिटिकल केयर डाक्टर सुरज आचार्य उपस्थित थिए। 

मिर्गौलाले पनि काम गर्न छाडेपछि मनमोहनमै २ पटक प्रधानमन्त्रीको डायलाइसिस गरिएको छ । मंगलबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीको त्यही दिन साँझ ल्यापरोक्टोमी र एपेन्डेक्टोमी शल्यक्रिया गरिएको थियो । 

यी बिधीबाट पेट सफा गर्ने र एपेन्डिक्स हटाउने काम भएको थियो । त्यसको भोलिपल्ट बुधबार उनको मिर्गौलाको डायलासीस गरिएको थियो। 

शल्यक्रिया र डायलासीसपछि प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ । उनको रक्तचाप घटेपछि मंगलबार रक्तचाप बढाउने औषधि दिइएको थियो। ती औषधि राति अबेर बन्द गराइएकोमा बुधबार बिहानदेखि फेरि चलाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.