|

काठमाडौं : ग्लोबल आइएमई बैंकले विराटनगर महानगरपालिका कार्यालय परिसरमा एटिएम सेवा सञ्चालन गरेको छ।

एटिएम बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शुक्रबार एटिएम सेवाको उद्घाटन गरे। बैंकले कार्यालयमा आएका सेवाग्राहीलाई लक्षित गरी एटिएम सेवा सञ्चालनमा ल्याएको बताएको छ।

नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १५१ पुगेको छ। बैंकले हाल १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउण्टर, १५१ वटा एटिएम, १९५ वटा शाखारहित बैंकिङ सेवा दिइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.