|

बारा : पूर्वश्चिम लोकमार्गको बाराको निजगढ–८ स्थित उनासी पुलमा यात्रुबाहक बस पुलबाट तल खसेको छ। जनकपुरबाट शुक्रबार बिहान छुटेको ना ४ ख ७९९० यात्रुबाहक बस पुलको दक्षितर्फबाट करिब १० फिटमुनि झरेको छ।

तल झरेर बस पल्टिएको छ। बस पुलबाट खस्दा बसमा सवार २५ जना यात्रु घाइते भएका छन्। घाइतेलाई स्थानीय निजगढ सामुदायिक अस्पताल प्रसूति गृहमा पुर्‍याइएको छ।

घाइतेमध्ये १९ जनालाई वीरगञ्जका विभिन्न अस्पतालमा रिफर गरिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। घाइतमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। घाइतेको परिचय खुलेको छैन। घाइतेलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी, द्रुतमार्गमा खटिएको नेपाली सेना र स्थानीयले उद्धार गरेका थिए।

भैरहवाका लागि ४० जना यात्रु बोकेर गन्तव्यतर्फ लागेको बस निजगढ बजारबाट ३ किलो मिटरपश्चिमतर्फ निजगढ–काठमाण्डौं फास्ट ट्रयाकको प्रवेशद्धार नजिक रहेको उनासी पुलको बार भत्काउँदै तल झरेको थियो।

पट्टा भाँचिएर दुर्घटना

पट्टा भाँचिएर बस दुर्घटनामा परेको चालक धनुषाको मिथिला नगरपालिका ३ का २८ वर्षीय सुनिल यादवलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए।

तीव्र गतिमा रहेको बसको अगाडी पट्टा भाँचिएको कारण अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.