|

काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ अफरअन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशाली मध्येका दुई ग्राहकलाई जनही २ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरेको छ।  

कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ। यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउने एनसेलले जनाएको छ।

योजनाको पहिलो हप्ताका पाँच विजेता ग्राहकमध्ये बिहीबार दुई ग्राहकले जनही २ लाख नगद पुरस्कार ग्रहण गरेका हुन्। बाँकी विजयी ग्राहकले आवश्यक प्रमाणीकरणको प्रक्रियापश्चात पायक पर्ने एनसेल सेन्टर वा काठमाडौंबाट पुरस्कार ग्रहण गरिने एनसेलले जनाएको छ।

पहिलो हप्ताका पाँच विजयीमध्येका एक छिन्चु, सुर्खेतकी मोतिसरा दमाईले एनसेलको सुर्खेतस्थित एनसेल सेन्टरबाट नगद २ लाख पुरस्कार बिहीबार एक कार्यक्रम माझ ग्रहण गरेकी छिन्। त्यसैगरी, एनसेल सेन्टर वीरगंजबाट बाराका मनोज कुमार यादवले पनि २ लाख रुपैयाँ पुरस्कार बिहीबार नै ग्रहण गरेका छन्।

'एनसेललाई धेरै-धेरै धन्यवाद। यो रकमले म गाउँमा एउटा सानो घडेरी जोड्छु,' पुरस्कार ग्रहण गरी सकेपछि खुसी हुँदै मोतिसराले भनिन्। त्यस्तैगरी बाराका मनोजले यो रकम आफ्नो बच्चाको शिक्षाका लागि लगानी गर्ने बताए।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकले हप्तामा १०० रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्न सकिने छ। आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भइरहेको र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने एनसेलले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.