|
फाइल तस्वीर

पोखरा : गत  मंसिर ११ गते पोखराको प्रदर्शनी केन्द्रमा सत्तारूढ दल नेकपाले बृहत चुनावीसभा आयोजना गरेको थियो। उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', सुवासचन्द्र नेम्वाङ, बामदेव गौतमलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम थियो। नेम्वाङले सभालाई सम्बोधन गर्दागर्दै सभाको पश्चिमी छेउमा बम विस्फोट भयो।

सुरक्षा व्यवस्था कडा बनाइएको भनिएको उक्त कार्यक्रमको छेउमै बम विस्फोट भएपछि यहाँका एक डिएसपीको कार्यक्षमतामा प्रश्‍न उठाउँदै सरुवा गरिएको छ। वडा प्रहरी कार्यालय बैदाममाका प्रमुख डिएसपी कोमल शाहलाई सोही कार्यक्रममा सुरक्षा व्यवस्था राम्रो गर्न नसकेको भन्दै प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको हो। उनलाई उपनिर्वाचन हुनुभन्दा दुई दिनअगाडि बिहीबार सरुवा गरिएको हो। 

बम विस्फोटमा पाँचजना घाइतेसमेत भएका थिए। पोखराको प्रदर्शनी केन्द्रमा बम विस्फोट भएको थियो। उक्त केन्द्र बैदाम प्रहरी चौकीको कार्यक्षेत्रमा पर्छ। डिएसपी शाहलाई प्रदेश प्रहरी कार्यालयले नै प्रदेशमा तानेको हो।

‘ठूला नेता आएको कार्यक्रममा सुरक्षा दिन नसकेको भनेर होइन,’ प्रदेश प्रहरी कार्यालयका प्रमुख विरोध घिमिरले भने, ‘सागको खेलकुदको सुरक्षाको कमाण्ड समाल्ह आउनु भएको हो।’ उनले बैदाम प्रहरी चौकी पनि प्रदेश कार्यालयबाटै शाहले हेर्ने दाबी गरे।

प्रदेश प्रहरी कार्यालय स्रोतले भने कोमल शाहको सरुवाको कारण प्रचण्डलगायतको नेता आएको कार्यक्रममा बम विस्फोट हुनुलाई बताएको छ। ‘भन्नलाई जे भनेनी बुधबार प्रचण्ड आएको कार्यक्रममा बम विस्फोट भएपछि सुरक्षा दिन नसकेको भन्दै सरुवा गरिएको हो,’ प्रहरी उच्चस्रोतले भन्यो, ‘प्रदेश कार्यालयबाट कसरी हेर्ने बैदाम चौकीको काम यो हुनै सक्दैन।’ वडा प्रहरी कार्यालय बैदाम कास्कीकै धेरै व्यस्त प्रहरी कार्यालय हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.