|

 पोखरा : कास्कीको ११ वटै वडामा अहिले मतदान चलिरहेको छ। तर, यहाँको वडा नम्बर ३३ भरतपोखरीस्थित बरपाण्डेथुम मतदानस्थल निर्वाचन अधिकृतले हस्ताक्षर नै नगरेको मतपत्र भेटिएपछि विवाद भएको छ।

२४१ मत खसाल्ने बेलामा मतदाताले हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको हो। केहीबेर मतदानसमेत रोकिएको थियो। अहिले मतदान स्थलमा रहेको राजनीतिक दलहरुले सर्वदलिय बैठक राखेर पुन मतदान सूचारू गरेका छन्।

‘सर्वदलीय बैठकले हस्ताक्षर नगरेको मतपत्र भेटियो भने सदर गर्ने सहमतिपछि मतदान सूचारू भयो,’ जिल्ला निर्वाचन कार्यालय स्रोतले थाहा खबरलाई जानकारी दियो। मतपत्रमा हस्तार नगरेको पाएपछि केहीबेर नेकपाका कार्यकर्ता विरोधमा उत्रिएका थिए। 

१५ प्रतिशत मत खस्यो

कास्कीमा ठाउँठाउँमा बम विस्फोटको घटना भएपनि अहिले मतदान शान्तिपूर्ण चलिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको लागि भएको उपनिर्वाचनमा विहान १० बजे सम्ममा १५ प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। उमेद्वारहरुले पनि आफ्नो मतदान केन्द्रमा पुगेर भोट हालेका छन्।

नेकपा उमेदवार विद्या भट्टराईले पोखरा ३३ भरतपोखरीस्थित शान्ती उदय माविमा मतदान गरिन्। साझा पार्टीकी रजनी केसीले पोखरा ४ को नविन मावि मतदान केन्द्रबाट मतदान गरिन्।  समाजवादी पार्टीका धर्मराज गुरुङले साँझ ४ बजे पछि मतदान गर्ने बताएका छन्।

कास्की २ मा २१ ज्ना उमेद्वार चुनावी मैदानमा छन्। यीमध्ये १३ जनाले आफैँलाई भोट गर्न पाउँदैनन्। भोट गर्न नपाउनेमा कांग्रेसका उमेद्वार खेमराज पौडेल लगायतका छन्। भोट हाल्न नपाए पनि उनी बिहानदेखि नै मतदानस्थलमा मतदाता भेट्न ब्यस्त छन्। पोखरा २२ का पौडेलको ठेगाना कास्की २ मा पर्दैन।  अन्य उमेद्वारहरु पनि मतदान केन्द्रमा मतदाता भेट्न व्‍यस्त छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.