|

जनकपुरधाम : जनकपुरधाममा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ।  त्रेतायुमा मटकोर भएकै पोखरी गंगा सागरमा आज पनि मटकोर हुन लागेको छ। सीता मैयाको टोला गंगा सागरमा आइपुगेको छ।

अब मटकोर विधी प्रारम्भ हुन्छ । मटकोरमा सहभागी हुन ठूलो संख्यामा श्रद्धालु गंगा सागर पोखरीमा आइपुगेका छन् । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर १५ गते राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ।

हेर्नुस् हुन लागेको मटकोरको दृष्यहरु :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.