|

अर्घाखाँची :  अर्घाखाँचीको मालारानी गाउँपालिका-३ मा उत्साहजनक रुपमा मतदान जारी रहेको छ। अहिले ३ बजेसम्म करिब २ हजार  १ सय ९१ मत खसेको छ।  मतदाताको अनुपातमा ७२.७६% मत खसेको छ। शान्तिपूर्ण रुपमा मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिए।

सो वडामा ३ हजार ११ मतदाता रहेका छन्। वडाध्यक्ष जीवन कुमार चौवानको ०७४ साल पौष १३ गते रूपन्देहीको रानीबगीयाँमा मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएपछि अहिले उपनिर्वाचन भएको हो। 

निर्वाचनको लागि २ स्थलमा ४ मतदान केन्द्र तोकिएको मुख्य निर्वाचनको कार्यालय गुल्मीले जनाएको छ। आदर्श माबि खनदह स्थलमा क ,ख र सुन्दरा माबि सातडाँडा स्थलमा क,ख मतदान गरि ४ मतदान केन्द्र रहेका छन्।

जसको लागि ४ जना मतदान अधिकृत र अन्य सहयोगी गरि १२ जना कर्मचारी मतदान स्थलमा खटिएका छन्। मतदाताले बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन्। मतदान सकिएपछि  मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहमै संकलन गरेर शनिबार बेलुकीबाटै मतगणना सुरू हुने जिल्ला निर्वाचन कार्यालय अधिकृत लाल प्रसाद भुसाल शर्माले बताए।

प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार मतदान स्थलको सुरक्षाको लागि नेपाल प्रहरी १७६ जना, शसस्त्र प्रहरी ११५ र नेपाली सेना २९ जना खटिएका छन्। वडा अध्यक्ष पदको उम्मेदवारमा नेकपाले यमलाल खनाल, नेपाली कांग्रेसले शोभाखर खनाल र  राप्रपा नेपालले रणबहादुर खनाललाई उम्मेदवार बनाएको छ।  

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.