|

सुर्खेत : भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै कर्णाली सरकारले आफ्नो प्रदेशको पहिचान झल्कने गरी छुट्टै ब्रान्डिङ गर्ने भएको छ। प्रदेश सरकारले भ्रमण वर्ष सफल बनाउने नारा सहितको लोगो खुला प्रतिस्पर्धाबाट आव्हान गरेको छ।

कर्णाली सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले सार्वजनिक आव्हान गर्दै नारा सहितको लोगो माग गरेको हो। कर्णाली प्रदेशका पर्यटकीय गन्तव्य, संस्कृतिको पहिचान र प्रचार-प्रसार गरी भ्रमण वर्षलाई सफल बनाउने योजना प्रदेश सरकारको रहेको छ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले नारासहितको लोगो कर्णाली प्रदेशको प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिकलगायत विशेषता झल्कने खालको हुने बताए।

‘हामीले कर्णाली प्रदेशको पहिचान झल्कने खालको लोगोको लागि खुल्ला प्रतिष्पर्धाको आव्हान गरेका छौं’ मन्त्री बुढाले भने, ‘पर्यटन वर्षमा कर्णालीमा धेरै भन्दा धेरै पर्यटक ल्याउने हाम्रो योजना रहेको छ।’ यो जुनसुकै साइजमा पनि मिल्ने र डिजिटल कपीमा आव्हान गरिएको छ। नेपाली र अंग्रेजी दुवै भाषामा लोगो तथा नारा माग गरिएको छ।

व्यक्ति, संघसंस्था, फर्मसमेतले यसमा भाग लिन सक्ने छन्। छनोट समितिले उत्कृष्ट मध्येबाट छानेको एक लोगोलाई नगद ४० हजार रुपैयाँसहित पुरस्कृत गरिने छ। पछिल्लो समय नेपाल भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकार समेत तयारीमा जुटेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.