|

डडेल्धुरा : डडेल्धुरामा ‘नसर्ने रोगको रोकथाम कार्यक्रम’ लागू हुने भएको छ। चालु आर्थिक वर्ष २०७६/०७७ बाटै यो कार्यक्रम जिल्लामा लागू हुन लागेको हो।

स्वास्थ्य कार्यालय डडेल्धुराले आयोजना गरेको ‘पत्रकारसँग स्वास्थ्यसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उक्त जानकारी दिइएको हो। नसर्ने रोगहरू बढिरहेकाले उक्त कार्यक्रम पहिलापटक जिल्लामा लागू हुने प्रक्रियामा रहेको स्वास्थ्य कार्यालय, डडेल्धुराका जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठले जानकारी दिए।

सुदूरपश्चिमका सातवटा जिल्लामा संचालनमा रहेको उक्त कार्यक्रम यस वर्षबाट डडेल्धुरा र कञ्चनपुर जिल्लामा लागू हुने तयारीमा रहेको उनको भनाइ छ। जिल्लामा रहेका प्रत्येक स्वास्थ्य संस्थाबाट हरेक नागरिकले सेवा पाउन भन्ने उदेश्यले उक्त कार्यक्रम जिल्लामा संचालन हुने उनले बताए।

नसर्ने रोगमा मधुमेह, उच्च रक्तचाप, सुगर, क्यान्सर, स्वास प्रस्वास, मुटु रोग, हृदयाघात, मस्तिस्कघात, मिर्गौलाको खराबी, दम, माइग्रेन, चिन्ता, डिप्रेसन, उच्च बोसोपना, मोटोपनालगायत छन्।

अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमुख श्रेष्ठले आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा कार्यान्वय हुने अन्य कार्यक्रमकाबारेमा पनि संचारकर्मीलाई जानकारी गराएका थिए। जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा केही साताअघि ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ संचालन गरेको समेत उनले जानकारी दिए।

स्वास्थ्य क्षेत्रको सुधार र विभिन्न किसिमका रोग नियन्त्रणका लागि जनचेतना जोगाउनमा जिल्लास्थित संचारकर्मीले महत्पूर्ण भूमिका खेलेको बताए। आगामी दिनमा पनि संचारकर्मीको यस्तै साथ र सहयोगको अपेक्षासमेत गरेको उनको भनाइ थियो। नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष मानबहादुर सावदले स्वास्थ्य क्षेत्र संम्वेदनशील र महत्पूर्ण क्षेत्र भएका कारण संचार क्षेत्रसँगको समन्वय र सहकार्य अति आवश्यक हुने बताए।

संचारमाध्यममार्फत जिल्लाको हरेक स्वास्थ्य गतिविधिलाई जनता माझ पुर्‍याउन सहज रहने भएकाले सहकार्य गर्नु नितान्त जरुरी रहेकोमा उनको जोड थियो। कार्यक्रममा जिल्लास्थित संचारकर्मीहरूले स्वास्थ्य सम्बन्धीका हरेक गतिविधि जनमैत्री र मिडियामैत्री बनाउनुपर्नेमा सहभागीको जोड थियो। सञ्चारमाध्यमसँग सहकार्य र समान्वय गरेर अघि बढ्ने स्वास्थ्य कार्यालयले प्रतिबद्धतासमेत जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.