|

इलाम : प्रदेश १ मुख्यमन्त्री शेरधन राईले प्रदेश विकासका लागि कृषि, पर्यटन र जलश्रोतलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। प्रदेश १ कृषि, पर्यटन र औधोगिक क्षेत्रको हिसाबले अथाह संभावना रहेकाले सो क्षेत्र लगानीको पहिलो प्राथमिकतामा राखिएको बताएका हुन्।

उनले प्रदेश १ चियामा मात्र नभई अलैँची र रुद्राक्ष जस्ता कृषिजन्य वस्तुको समेत राजधानी भएको बताए। सूर्योदय नगरपालिकाको आयोजनामा भएको प्रथम सूर्योदय नगर पर्यटन महोत्सव उद्घाटन समारोहलाई सम्वोधन गर्दै राईले ओलाङचुङगोला र किमाथाङका नाका प्रदेश १ को मेरुदण्ड भएको बताए।

भारतको तीनवटा प्रदेश र चीनसँग समेत प्रदेश १ जोडिएकोले उत्तर-दक्षिणको सम्वन्धलाई समेत सहयोग पुग्ने राईले बताए। उनले गाउँमा बस्ने तल्लो तहका जनताको अधिकार र मागलाई सिंहदरबारले सम्वोधन गर्न नसकेको कारण संघीयताको परिकल्पना गरिएको बताए। प्रदेश विकास समृद्धिको पंचवर्षे योजना र निती निर्माण गरिएको उल्लेख गर्दै उनले हिमाल पहाड र तराई जोडिएको यो प्रदेश सवै क्षेत्रबाट सम्भाव्यता खोजिका लागि महत्वपूर्ण हुने बताए।

लामो समयको प्रयासपछि मुलुक संघीयतामा प्रवेश गरेर स्थायी सरकार आएकाले विकास र समृद्धिमा फडर्को मार्ने बताए। चार दिनसम्म चल्ने महोत्सवमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। नगरका ६ स्थानमा चल्ने महोत्सवमा स्थानीय परिकार र कला संस्कृतिको प्रवर्द्धन गरिने छ। महोत्सव उद्घाटनको पूर्वसन्ध्यामा मुख्यमन्त्री राईले श्रीअन्तुमा रहेको अन्तु पोखरीमा फिसिङका साथै लोपोन्मुख लेप्चा जातिको संग्राहलय पनि उद्घाटन गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.