|

काठमाडौं : एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक बोनस डेटा योजना ल्याएको छ। जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्ट्रिमिङ गर्न सक्ने एनसेलले जनाएको छ।

एनसेलका अनुसार यो योजना शुक्रबारदेखि लागू भएको छ। यस योजनाअन्तर्गत मेरो प्लान सुचारु गरेका प्रिपेड ग्राहकले निश्चित बोनस डेटा भोलुम प्राप्त गर्नेछन् र प्राप्त भोलुमबाट ग्राहकले युट्युब तथा आइफ्लिक्समा निःशुल्क भिडियो स्ट्रिमिङ र गुगल म्याप, जिमेल तथा अन्य गुगलका सेवा प्रयोग गर्न सक्नेछन्।

यो योजनाअन्तर्गत प्लान १९९ र प्लान २९९ सुचारु गर्ने ग्राहकले बोनसस्वरूप १ जिबी र ३ जिबी डेटा प्राप्त गर्ने एनसेलले जनाएको छ। एनसेलका अनुसार प्लान ४९९ र प्लान ७९९ सुचारु गर्ने ग्राहकले बोनसस्वरूप ६ जिबी र १५ जिबी डेटा प्राप्त गर्नेछन्। प्लान ९९९ सुचारु गर्ने ग्राहकले थप २५ जिबी डेटा प्राप्त गर्नेछन्।

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घताअनुरूप यस योजना अन्तर्गतको भिडियो बोनस भिडियो डेटाले ग्राहकलाई  थप मूल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ।

एनसेलको मेरो प्लानअन्तर्गत प्रिपेड ग्राहकले बिनाझन्झट कुनै पनि समय एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्ने पनि एनसेलले जनाएको छ। यसबाहेक, ग्राहकले अन नेट अर्थात् एनसेल नेटवर्कभित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन्। ग्राहकले एस्ट्रिक्स ३०२ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार मेरो प्लान सुचारु गरि योजना लिन सक्ने एनसेलले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.