|

सुर्खेत : कट्टुभित्र लुकाएर लागुऔषध (ब्राउनसुगर) ओसारपसार गरिरहेका एकजनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। नेपालगंजबाट सुर्खेत आउँदै गर्दा लागुपदार्थसहित बर्दियाको मधुबन नगरपालिका ५ शान्तिपुरका दिनेश थापालाई पक्राउ गरिएको हो।

थापाले ३० ग्राम १ सय ३० मिलीग्राम ब्राउनसुगर गोजी बनाई गुप्तांगमा लुकाएर ल्याएका थिए। ‘चेकजाँच गर्दा पनि पत्ता नलागोस् भनेर गुप्तांगमा लुकाएर ल्याएको रहेछ,’ चेकजाँचमा खटिएका प्रहरी हवल्दार लालबहादुर परियारले भने ‘छामछुमगर्दा गुप्तांग र ब्राउनसुगर छुट्याउन मुस्किल थियो। कट्टु खोल्दा ब्राउनसुगर पत्ता लागेको हो।’

उनको साथबाट ब्राउनसुगर बिक्री गरी ल्याएको ८४ हजार ८ सय २० रुपैयाँसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।  उनी नेपालगंजबाट भे ५ प ४७७१ नम्बरको स्कुटरमा सुर्खेत आउँदै गर्दा सुर्खेतको सुब्बाकुना चेकपोष्टमा प्रहरीले पक्राउ गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.