|

काठमाडौं : मिस लुमियर वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै धरानकी सिम्रन श्रेष्ठ सहभागि हुने भएकी छन्।

मलेसियामा डिसेम्बर ७ तारिकमा हुने ग्राण्ड फिनालेमा नेपालबाट श्रेष्ठ सहभागी हुने भएकी हुन्। प्रतियोगिताको तालिम र अन्य कार्यक्रम भने १ डिसेम्बरदेखि सिंगापुरमा हुने आयोजकले जानकारी गराएको छ।

मिस वर्ल्ड तहकै मानिएको यो प्रतियोगितामा नेपाललाई पहिलो पटक स्थान दिइएको हो। श्रेष्ठ मिस पूर्वाञ्चल २०१७ की फस्ट रनर अफ हुन्।

पूर्वकै सुन्दर युवतीका रूपमा चिनिएकी उनले दर्जन बढी म्यूजिक भिडियोमा अभियनसमेत गरिसकेकी छन्।

धरानको महेन्द्र बहुमुखि क्यामपसमा बिबिए अध्ययनरत उनी नेपालको प्रतिनिधित्व गर्दै नोभेम्बर ३ तारिकमा सिंगापुर जाने कार्यक्रम रहेको छ। प्रतियोगितामा ३० देशका युवतीले सहभागिता जनाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.