|

अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाँउपालिका-३ मा मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। वडा अध्यक्ष पदको लागि शनिबार भएको उपनिर्वाचनमा कुल ३ हजार ११ मतदाता संख्यामा २२ सय २५ मत खसेको छ। मतदाताको अनुपातमा ७३.८९ प्रतिशत  मत खसेको हो।

आदर्श मावि खनदह मतदान (क) केन्द्रमा २ सय ८६ पुरुष, ३ सय ३७ महिला गरि ६ सय २३ (ख) केन्द्रमा २ सय ४ पुरुष, ३ सय ४२ महिला गरि ५ सय ४६ गरि कुल ११ सय ६९ मत खसेको छ। जसको अनुपातमा ७२.१६ प्रतिशत मत खसो हो।

यसैगरी सुन्दरा आधारभूत विद्यालय सावडाँडाको (क) केन्द्रमा २ सय ७४ पुरुष,२ सय ६१ महिला गरि ५ सय ३६ (ख) केन्द्रमा २ सय ३७ पुरुष,२ सय ८४ महिला गरि ५ सय २१ गरि कुल १ हजार ५६ मत खसेको थियो। जसको कुल मतदाताको अनुपातमा ७५.९१ प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखी बेलुकी ५ बजेसम्म  मतदान कार्य निकै शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिए।

अहिले चारवटा मतदान केन्द्रबाट मतपेटिका खनदहमा रहेको सामुदायिक भवनमा ल्याउने क्रम जारी छ। जिल्ला निर्वाचन कार्यालय अधिकृत लालप्रसाद भुसाल शर्माका अनुसार तत्काल सर्वपक्षीय बैठक बसेर मतगणना कार्य सुरु गरिने छ।

वडाध्यक्ष जीवनकुमार चौवानको ०७४ साल पौष १३ गते ५६ वर्षको उमेरमा रूपन्देहीको रानीबगीयाँमा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएपछि रिक्त रहेको वडा अध्यक्षको पदपूर्ति गर्न  उपनिर्वाचन भएको हो।

जसको लागि चारजना मतदान अधिकृत र अन्य सहयोगी गरि १२ जना कर्मचारी मतदान स्थलमा खटिएका थिए। मतदान केन्द्रको सुरक्षाको लागि नेपाल प्रहरी १७६ जना, शसस्त्र प्रहरी ११५ र नेपाली सेना २९ जना खटिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए।

वडा अध्यक्ष पदको उम्मेदवारमा नेकपाले यमलाल खनाल, नेपाली कांग्रेसले शोभाखर खनाल र  राप्रपा नेपालले रणबहादुर खनाललाई उम्मेदवार बनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.