|
प्रतीकात्मक फोटो

अछाम : अछामको मेल्लेख गाउँपालिका-५ मा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परेर नेकपा निकट विद्यार्थी नेता गम्भीर साउद घाइते भएका छन्। उनलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएको छ।

मतदान कार्य सम्पन्नपश्चात भएको झडपमा परी उनी घाइते भएका हुन्। ‘मतदान सकेर मतादाता घर फर्किसकेका थिए। एकाएक दुई दलका कार्यकर्ताबीच विवाद भयो’ स्रोतले भन्यो ‘नेकपा निकटका गम्भीर साउलाई चोट लागेको छ। उहाँलाई बयालपाटा लगिएको छ।’

झडपलाई नियन्त्रण गर्नको लागि प्रहरीले हवाईफायरसमेत गरेको छ। अहिले गणनास्थलमा आवतजावतमा समस्या भएको घटनास्थलमा रहेका नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रिले बताए। यसबारे बुझन्खोज्दा अछाम प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीको फोन उठेन।

यसैबीच मेल्लेख गाउँपालिका-५ विन्देबासिनिमा भएको उपनिर्वाचनमा १३५६ मत खसेको छ। जसमध्ये भवानि आधारभूत विद्यालय निर्वाचन केन्द्रमा ४७२ मत, जनता मावि 'क' केन्द्रमा ४६२ मत र जनता मावि 'ख' केन्द्रमा ४२२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। उक्त वडामा १ हजार ९ सय ४ मतादाता रहेका छन्।

उक्त वडामा नेकपाबाट रमेश खड्का र कांग्रेसका वीरबहादुर बोहरा चुनावी प्रतिस्पर्धामा छन्। यसअघि कांग्रेसका रामबहादुर बोहरा निर्वाचित भएका थिए। उनको बडिमालिका जाने क्रममा लेक लागेर मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.