बुवाको निधन भएपछि उठेका छोरा पराजित

|

रौतहट : रौतहटको गडीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेदवार दीपेन्द्र श्रेष्ठ विजयी भएका छन्। 

७ सय ७१ मत ल्याएर श्रेष्ठ  विजयी भएका हुन् । नेकपा उम्मेदवार जवार मियालाई १ सय ७५ मतको अन्तरले हराउँदै श्रेष्ठ विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका उमेदवार जवार मियाले ५ सय ९६ मत ल्याए ।

समाजवादी पार्टीको तर्फबाट उमेदवार बनेका दिनेश दासले १ सय २२ मत ल्याए । १ हजार ८ सय २२ मत रहेको सो वाडमा २ वटा मतदान स्थलको ३ वटा केन्द्रबाट मतदान भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिए । 

त्यस वडामा १ हजार ५ सय ४९ अर्थात ८५.०१ प्रतिशत मत खसेको थियो । बेलुकी साढे आठ बजेबाट गडीमाई नगरपालिका वाड नम्बर १ स्थित शंकर गुदर माबि समनपुरमा मतगणना भएको थियो 

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनका राजपाबाट निर्वाचित वडाअध्यक्ष जोगी दास तत्माको मृत्यु भएपछि उक्त वडामा निर्वाचन भएको हो। 

मृतक जोगी दासका छोरा दिनेश दासले समाजवादी पार्टीको तर्फबाट उमेदवारी दिएका थिए । विजयी वाडअध्यक्ष श्रेष्ठलाई जिताउन रौतहट क्षेत्र नंं ४ का सांसद देवप्रसाद तिमलसिना सक्रिय भएर लागेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.