|

कास्की : कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको उपनिर्वाचनको मतगणना केही बेरअघिदेखि सुरु भएको छ। मतगणना सुरु हुने बेला नेकपा र समाजवादीबीचको विवादले समस्या भएको थियो। २ दलबीच प्रतिनिधिको संख्याबारे विवाद भएको हो।

शनिबार राति बसेको सर्वदलीय बैठकले १०: ३० मा गतगणना सुरु गर्ने निर्णय गरेको थियो। तर एक घण्टा ढिलो अर्थात् राति सवा १२ बजेदखि मतगणना थालिएको हो।

अहिले पोखरा महानगरपालिका वडा नम्बर ३३ अर्थात् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको वडाबाट गणना सुरु थालिएको हो। प्रतिनिधिसभा सदस्यका लागि शनिबार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म भएको मतदानमा ६० प्रतिशतदेखि ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

पोखरा महानगरका ११ वडा पर्ने कास्की २ मा ७१ हजार ८७१ जना  मतदाता थिए। सबैठाउँको तथ्यांक नआइसकेको कार्यालयले जनाएको छ। यो तथ्यांक अघिल्लो प्रतिनिधिसभाको भन्दा कम हो। 

अघिल्लो निर्वाचनमा ४९ हजार मतदाता मतदानमा सहभागि भएका थिए। अझ यस पटक मतदाताको संख्या अध्यावधि गरेर बढेको थियो। सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर मतगणनास्थल तारजाली घेरेर सुरक्षित पारिएको छ। त्यस्तै सुरक्षाकर्मीको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। यसका साथै सिसि क्यामरा पनि जडान गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.