|

बारा : बारागढी गाउँपालिका–१ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ। समाजवादीका सुरेश चौधरीले ७४९ मत ल्याएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शंकरप्रसाद चौधरीले ६७२ मत ल्याएका छन्। जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख मनिषकुमार साहका अनुसार नेपाली कांग्रेसकी तस्विरीया थरूनीले ४७१‚ राष्ट्रिय जनता पार्टी (राजपा)का बैधनाथ चौधरीले २४ मत ल्याएका छन्।

यस्तै‚ नेपाल जनता पार्टीका वीरेन्द्रप्रसाद राय थारूले नौ, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)की रामपतिदेवी पाँच र नेपाल जनता पार्टीका नेपाल लोकतान्त्रिक पार्टीका विहारी साह तेलीले पाँच मत, सिके राउत नेतृत्वको जनमत पार्टीका शंकरप्रसाद चौधरीले तीन र स्वतन्त्र उम्मेदवारले नरेश पासवानले एक मत पनि ल्याएनन्।

कांग्रेसले पद गुमायो

यस वडामा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नन्दला राय थारूको मृत्यु भएपछि एक वर्षदेखि रिक्त रहेको थियो। कांग्रेसले उनकै पत्नीलाई उम्मेदवार बनाएको हो। तर‚ उनी तेस्रो स्थानमा समेटिइन्।

पहिला दोस्रो अहिले विजयी

यस वडामा तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार २०७४ सालमा भएको निर्वाचनमा ११ मतले पराजित भएको थियो। फोरमबाट उम्मेदवार बनेका सुरेशलाई समाजवादीले निरन्तरता दिएको हो।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र छुट्टा–छुट्टै प्रतिस्पर्धा गरेको तेस्रो र चौथो स्थानमा रहेको थिए। कांग्रेसले ४३३, संघीय फोरम ४२२, नेकपा एमाले ३६० र माओवादीले २६१ मत ल्याएको थियो। पार्टी एकतापछि बनेको नेकपाले ५१ मत बढाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.