|

काठमाडौं :  बाराको गढीमाई मेला मंसिर तीन गतेदेखि  सुरु भइसकेको छ। बरियारपुर गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा एकमहिने मेलामा लाखौं श्रद्धालु र हजारौँ वशुवलि हुने गर्छन्। गढीमाई मेलामा हुने पहुवलिको विभिन्न क्षेत्रबाट विरोध हुँदै आए पनि वलिपूजाले निरन्तरता पाइरहेकै छ।

गढीमाई मेला भर्न नेपालसहित भारत, भुटान तथा अन्य देशबाट भक्तजन आउने क्रम जारी छ।

मेलाका लागि ७२ सदस्यीय मूलव्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ। पशुबलिको समयमा भक्तजनको धेरै भिड लाग्ने हुँदा त्यसै अनुसारको तयारी भइ रहेको मेला मूलसमितिले जानकारी दिएको छ।

श्रद्धालुहरुको सेवा सुविधाको लागि मेला क्षेत्रमा पाँच सय शौचालय र एक सय ५० भन्दा बढी चापाकलको व्यवस्था गरिएको महागढीमाई नगरपालिकको प्रमुख उपेन्द्र यादवले बताएका छन्।

पशुबलिको समय नजिकिएपछि मेलामा भक्तजनको भीड बढ्ने गर्दछ। बलिको समयमा दशौँ लाख भक्तजनले गढीमाईको दर्शन गर्ने अपेक्षा गरिएको छ।

गढीमाई मन्दिर पुगेर शिला तिम्सिनाले क्यामेरामा कैद गरेका केही दृश्‍य झलकहरू :

एकमहिने गढीमाई मेला : हजारौं पशुबलि, लाखौँ श्रद्धालु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.