|

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को भब्य उद्घाटन आइतबार दशरथ रंगशालामा हुँदैछ। १८ हजार दर्शक क्षमता रहेको दशरथ रंगशालामा हुने उदघाटन हेर्न सर्वसाधरण जान पाउने छैनन्।

उदघाटन समारोहका लागि सर्वसाधरणलाई टिकटको ब्यवस्था गरिएको छैन्। सागका लागि १५ हजारले आफ्नो प्रस्तुती दिंदै छन्। विभागीय टिमहरु नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल आर्मीसँगै विभिन्न सांस्कृतिक झाँकी‚ कला‚ संगीतसहित उदघाटन कार्यक्रम भब्य बनाउने तयारी राष्ट्रिय खेलकुद परिषदले गरेको छ।

परिषदले विभिन्न देशका खेलाडी‚ अफिसियल र अतिथिलाई मात्रै रंगशाला प्रवेशको व्यवस्था गरेको छ। त्यसैले मैदानमा पुगेर सागको उद्घाटनको हेर्न चाहने दर्शक भने यो अवसरबाट बञ्चित हुने छन्।

झण्डामा राजनीति

झण्डा बोक्ने विषयलाई लिएर राष्ट्रिय खेलकुद परिषदमा लामो समय अनिर्णित बन्यो। नेपालका सफल खेलाडी तथा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्क दिने झण्डा बोक्ने प्रस्ताव गरेको थियो।

त्यस्तै‚ तेक्वान्दोकी आयशा शाक्यलाई सपथका लागि सिफारिस गरेको थियो। तर‚ अन्तिम समयमा पारसको नाम हटाएर भारोतोलनका कमलबहादुर अघिकारीलाई नेपालको झण्डा बोक्न दिने निर्णय गरिएको छ। अधिकारीको यो अन्तिम साग यात्रा हो। उनले १०औं सागमा भारोतोलनमा कीर्तिमानी स्वर्ण जितेका थिए। भारोतोलनमा नेपालले जितेको त्यो एकमात्र स्वर्ण हो।

३१७ स्वर्णमा प्रतिर्स्धामा

आइतबार उद्घाटन हुने समारोहमा सात देशका तीन हजारभन्दा बढी खेलाडीले ३१७ स्वर्णका लागि प्रतिर्स्पधा हुँदैछ। प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशका दुई हजारभन्दा बढी अफिसियल खटिने सागको प्राविधिक समितिले जनाएको छ।

सन् १९८४ मा नेपालबाट सुरु भएको साग झण्डै ४० वर्षपछि नेपालले तेस्रो पटक आयोजना गर्दैछ। नेपालले सन् १९९९ मा दोस्रो पटक सागको आयोजना गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.