|

जनकपुर : १७ आैं राष्ट्रिय पुरुष तथा दोस्रो राष्ट्रिय महिला हक्की प्रतियोगिता जनकपुरमा हुने भएको छ। नेपाल हकी संघको आयोजनामा हुने गइरहेको हक्की प्रतियोगिता आउँदो चैत १४ गते देखि १९ गते सम्म जनकपुरको  बाह्रबिगाहामा हुने जनाइएको छ।

मंगलवार जनकपुरमा भएको पत्रकार सम्मेलनमा धनुषा हक्की संघका उपाध्यक्ष अमित झाले प्रतियोगितामा पुरुष तर्फ नेपालको पाँच विकास क्षेत्रका पाँच वटा टिम र नेपाली सेनाको टिम गरी ६ वटा टिमले प्रतिस्पर्धा गर्ने बताए। महिला तर्फ ४ वटा क्षेत्रीय टिम र नेपाली सेनाको महिला टिम गरी ५ वटा टिमको सहभागिता रहने उनले बताए। 

प्रतियोगितामा पुरुष तर्फ प्रथम, द्वितिय र तृतीय टिमलाई क्रमशः ७५ हजार ३५ हजार र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ। प्रतियोगिताको महिला तर्फ प्रथम, द्वितिय र तृतीय टिमलाई क्रमश ५० हजार, ३५ हजार र १० हजार नगद प्रदान गरिने भएको उपाध्यक्ष अमित झाले बताए। वि.सं. २०४० सालमा पहिलो पटक पोखरामा राष्ट्रिय हक्की प्रतियोगिता आयोजना भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.