|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन सजिलै जाँचपास भएपछि अनुसन्धानका लागि अध्यागमन विभागका महानिर्देशक पनि गृह मन्त्रालय तानिएका छन्। महानिर्देशक केदार न्यौपानेलाई सोमबार पत्र दिई मंगलबारबाट गृह मन्त्रालयमा हाजिर हुने गरी बोलाएको हो।

न्यौपानेको ठाउँमा मन्त्रालयले गंगाराम गेलाललाई पठाएको छ। मन्त्रालयले भने नियमित प्रक्रिया अनुसार पुस २८ गतेको निर्णय अनुसार न्यौपानेको सरुवा भएको बताएको छ। 

गत पुस २१ गते तस्करीको सुन विमानस्थलबाट सजिलै जाँचपास भएपछि केन्द्रीय अनुसन्धान ब्युरोले ३३ किलो सुन गौशालाको पिंगलास्थानबाट बरामद गरेको थियो। सुनसँगै तीन जनालाई पक्राउ गरेको थियो। 

पक्राउ परेकाहरुकै बयानका आधारमा प्रहरीले भन्सार विभागका दुई कर्मचारीलाई पनि पक्राउ गरेको थियो। प्रहरीले अनुसन्धानकै लागि भन्दै सोमबार विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरी बरिष्ठ उपरीक्षक श्याम खत्रीलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाएको थियो। 

सुन बरामद भएको भोलिपल्टै भन्सार विभागले सुन भित्रिएको समयमा कार्यरत २९ जनालाई जिम्मेवारी मुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.