|

धनगढी : सुदूरपश्चिम प्रदेशमा सात वडा अध्यक्षका लागि भएको उपनिर्वाचनमा पाँच वडामा नेकपाले विजय प्राप्त गरेको छ भने दुईमा नेपाली कांग्रेस विजयी भएको छ।

अछामको मेल्लेख गाउँपालिका ५ बिन्देबासीनी, बाजुराको त्रिवेणी नगरपालिका १ छतारामा, डोटीको आदर्श गाउँपालिका २ कञ्चनपुरको पुनर्वास नगरपालिका ३ र बैतडीका पुर्चौडी नगरपालिका ४ मा नेपाल कम्युनिस्ट पार्टी नेकपाका विजयी भएको हो।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले जितेको २ वडा मध्ये दुवै वडा बैतडी जिल्लामा रहेका छन्। बैतडीका ३ वडा मध्ये २ मा नेपाली कांग्रेस विजयी भएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका ४ र सुर्नया गाउँपालिका १ मा जित हासिल गरेको हो। मेल्लेख गाउँपालिका ५ बिन्देबासीनी, बाजुराको त्रिवेणी नगरपालिका १ यस अघि भएको निर्वाचनमा नेपाली कांग्रेसले जित हात पारेको थियो भने अहिले ती दुवै वडामा नेकपा विजयी भएको हो। यस अघिको निर्वाचनमा नेकपाले जितेको बैतडीको दोगडाकेदार गाउँपालिका उपनिर्वाचनमा नेपाली कांग्रेसले हात पारेको हो।

कसको कति मत 

अछामको मेल्लेख गाउँपालिका ५ को बिन्देबासीनीको उपनिर्वाचमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार रमेश खड्का  विजयी भए। कांग्रेस उम्मेदवार वीरबहादुर बोहरालाई उनले २ सय १५ मत अन्तरमा हराए। खड्काले ७७८ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बोहराले ५६३ मत पाएका थिए। गएको स्थानीय चुनावमा अध्यक्षमा निर्वाचित रामबहादुर बोहराको निधन भएपछि उप निर्वाचन भएको हो। 

बाजुराको त्रिवेणी नगरपालिका १ छतारामा नेकपाका वडा अध्यक्ष मनराज बुढाले कांग्रेसका उम्मेदवार खगेन्द्र चदारालाई २० मतले पराजित गरे। बुढाले ३६७ मत पाएका छन् भने चदाराले ३४७ मत प्राप्त गरेका थिए। तत्कालीन अध्यक्ष खम्म नेपालीको जिप दुर्घटना परी मृत्यु भएपछि त्यहाँ उप निर्वाचन भएको हो।

डोटीको आदर्श गाउँपालिका २ मा नेकपाका रामबहादुर बोहरा ६६८ ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महादेव साउदले ६५६ मत प्राप्त गरेका गरेका थिए। तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको सवारी दुर्घटनामा परी मुत्यु भएपछि उक्त पद रिक्त रहेको थियो।

कञ्चनपुरको पुर्नवास नगरपालिका ३ मा नेकपाका कृष्णबहादुर तामाङले ५२८ मत ल्याउँदै विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलबहादुर तामाङले ३१० मत पाएका छन्। ४ मत भएको थियो। 

स्थानीय तहको निर्वाचनमा ३ बाट अध्यक्षमा निर्वाचित फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि त्यहाँ उप निर्वाचन भएको हो। बैतडीको दोगडाकेदार गाउँपालिका ४ मा कांग्रेसबाट उम्मेदवार सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका ४ मा नेकपाबाट उम्मेदवार शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका १ मा कांग्रेसबाट उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी भएका छन्।

बैतडीको दोगडाकेदार ४ मा कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद भट्ट नेकपाका नरेन्द्रप्रसाद भट्टभन्दा १०० मत बढी प्राप्त गरेर विजयी भएका हुन्। कुल खसेको १ हजार ९८ मतमध्ये विजयी भट्टले ५८४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी भट्टले ४८४ मत प्राप्त गरेका छन्। यस्तै पुर्चाडी नगरपालिका ४ मा नेकपाका उम्मेदवार शैलेन्द्र धानुक १०५ मत बढी लिएर विजयी भएका छन्।

कुल खसेको १ हजार ३३० मतमध्ये विजयी धानुकले ६६३ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द बहादुर धामीले ५५८ मत प्राप्त गरेका थिए। सुर्नया गाउँपालिका १ मा कांग्रेसका उमेरवाद गजेन्द्रबहादुर चन्द विजयी भएका छन्।

खसेको जम्मा ४३८ मत मध्ये २१९ मत प्राप्त गर्दै उनी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गरेका छन् भने ४ मत बदर भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.