|

काठमाडौं  : प्रतिनिधि, प्रदेशसभा र स्थानीय तहमा रिक्त भएको विभिन्न पदको लागि शनिबार उपनिर्वाचन भयो। उपनिर्वाचनको मतपरिणाम मिश्रित आइरहेको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपनिर्वाचनमा सोचेजस्तो परिणाम पाउन नसकेको देखिएको छ।

यस्तै, प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारले उपनिर्वाचन आफ्नो पक्षमा बनाउन विभिन्न प्रक्रिया अपनाएको आरोप लगाएको भए पनि बलियो नतिजा पाएको छ। केही जिल्लामा उपनिर्वाचनमा केही रोचक र रमाइला नतिजा आएका छन्।

उपनिर्वानको अहिले पनि धेरै ठाउँको नतिजा उल्टिएको छ। नेकपाले जितको ठाउँमा कांगेसले जितेको छ। भने कांग्रेसले जितेको ठाउँमा नेकपाले जितेको छ। उपनिर्वाचनमा धेरै चर्चामा रहेको कास्कीमा भने झनै रमाइलो नतिजा आइरहेको छ। नेकपाकी उम्मेदवारले करिब १५ हजार मत पुर्‍याउँदा कांग्रेसका खेमराज पौडेलले ७ हजार मत ल्याएका छन्। भने चर्चामा रहेको साझा पार्टीकी उम्मेदवार रजनी केसीले एक सय मत पनि पुर्‍याउन सकेकी छैनन्।

भक्तपुरमा देखिएन नेकपाको एकता

भक्तपुरमा भएको प्रदेशसभाअन्‍तर्गतको भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भयो। नेपाली कांग्रेसका कृष्णलाल भँडेल २ हजार २ सय ४२ मतान्तर विजयी भएका छन्। उनले १३ हजार ४ सय ४८ मत ल्याए भने नेकपाका उम्मेदवार  डिपि ढकालले ११ हजार २ सय ६ मत मात्र ल्याए।

सो क्षेत्रमा यसअघि वामगठबन्धनबाट नेकपा एमालेका हरिशरण लामछिाने १२ हजार ७ सय ८९ मतका साथ विजयी भएका थिए। नेकपाको पार्टी एकतालाई भक्तपुरको नतिजाले गम्भीर धक्का दिएको छ। उपनिर्वाचन नेकपाले पार्टी एकताको अग्निपरिक्षाको रुपमा हेरेको थियो। जुन नतिजा सोजेजस्तो प्राप्त गर्न सकेन।

प्रचण्डको गृहजिल्लामा कांग्रेसको जित

नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्लामा भएको तीनवटा वडामा समेत नेकपा पराजित भएको छ। भरतपुर महानगरपालिका १६, खैरहनी नगरपालिका ४ र ५ मा भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भए। भरतपुर महानगरपालिका प्रचण्डकी छोरी रेणु दाहालको क्षेत्र हो।

महानगर-१६ मा कांग्रेसका उम्मेदवार अमृत हमालले ३ हजार १ सय ८३ मतले विजयी भए। नेकपाका उम्मेदवार भक्तराज हमाल भक्तराजले २ हजार ८ सय ७५ मत ल्याए। यस वडामा तत्कालीन नेकपा एमालेले जितेको थियो।

यस्तै, खैरहनी नगरपालिका ४ र ५ मा कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेत र प्रतिमा कार्की विजयी भएका छन्। यसअघि पनि यी दुईवटै वडामा कांग्रेसले नै जितेको थियो।

बैतडीमा नतिजा उल्टियो

बैतडीमा भएको निर्वाचनमा ३ वडामा २ वटामा नेपाली कांगेस र १ मा नेकपा विजयी भएको छ। दोगडाकेदार गाउँपालिका ४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी ४ मा नेकपाका शैलेन्द्र धानुक  र सुर्नया गाउँपालिका १ मा कांग्रेसका गजेन्द्र बहादुर चन्द विजयी भए।

पहिले कांग्रेसले जितेको दोगडाकेदार गाउँपालिका ४ मा अहिले नेकपा विजयी भएको छ। यसअघिको निर्वाचनमा सुर्नया १ मा कांग्रेसका उम्मेदवार विजयी भएका थिए। अहिले सो वडामा नेकपाले जितेको छ।

पतिको ठाउँमा पत्नीले जितिन्

सप्तरीको छिन्नमस्ता गाउँपालिका-७ मा भएको उपनिर्वाचनमा राजपा नेपाल पार्टीकी प्रमिलादेवी यादव विजयी ५४० मत ल्याएर नेकपाका उम्मेद्वारलाई ११ मतले उछिन्दै विजयी भइन्।

यसअघि वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार बनेका अच्छेलाललाई आठ मतको मतको अन्तरले पराजित गरी राजपा नेपालका प्रभाकर यादव विजयी भएका थिए। निर्वाचित प्रमिला प्रभाकर यादवकी श्रीमती हुन्।

त्यस्तै, खोटाङको साकेला गाउँपालिका-३ मा भएको उपनिर्वाचनमा (नेकपा)की शिवकला राई ३९१ मत प्राप्त गरी विजयी भएकी छन्। यस वडामा २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमालेका मणिकुमार राई विजयी भएका थिए। उनको निमोनियाका कारण मृत्यु भएको थियो। विजयी शिवकला मृतक मणिकुमारकै श्रीमती हुन्।
बाबुको ठाउँमा छोराले हारे

रौतहटको गडीमाई नगरपालिका-२ मा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। उनले ७ सय ७१ मत ल्याए। उनका प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार जवार मियाले ५ सय ९६ मत ल्याए।

यसअघि भएको निर्वाचनमा राजपाबाट निर्वाचित वडाअध्यक्ष जोगी दास तत्माको मृत्यु भएको थियो। अहिले पराजित भएका मिया मृत्तक वडाध्यक्षका छोरा हुन्। समाजवादी पार्टीबाट नै चुनाव लडेका छोरा दिनेश कांग्रेससँग पराजित भए।

पहिला ५ मतले हारेकाले अहिले जिते

सिन्धुपाल्चोक इन्द्रावती-८ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार केदारनाथ आचार्य ७१२ मत ल्याएर विजयी भएका छन्। उनी यसअघिको निर्वाचनमा ५ मतले पराजित भएका थिए। प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोक तामाङले ४ सय ३९ मत ल्याए।

जहाँ २ सय मत मात्रै खस्यो

रोल्पाको थबाङ गाउँपालिका-१ मा भएको वडाध्यक्ष पदमा भएको निर्वाचनमा २ सय मत मात्र खसेको छ। सरकारबाट प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पकट क्षेत्रको रूपमा स्थानमा मत नखसेको हो। वडामा १ हजार २ सय ७४ मतदाता रहेको रहेका थिए।

नेकपाबाट जनकबहादुर बुढाले १ सय ७४ र नेपाली कांग्रेसका उम्मेदवार कलम रोकाले २६ मत मात्र ल्याए। विप्लव नेतृत्वको नेकपा आस्थावानका स्थानीय नेता कार्यकर्ता मतदानस्थलमा आए पनि मतदान गरेनन्। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि बहिष्कार गरेको थियो।

धरानमा कडा टक्कर 

धरान उपमहानगरपालिकामा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ। यो समाचार तयार पार्दासम्मको मत परिणामअनुसार नेकपाका प्रकाश राईले ४ हजार ५ सय ७४ मत ल्याएका छन्। भने कांग्रेसका तिलक राईले ४ हजार ५ सय १७ मत ल्याएका छन्।

सर्लाहीमा पनि हार्‍यो नेकपा

हरिपूर्वा नगरपालिका-१ को अध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय ३ सय ४७ मत ल्याएर विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार मोहम्मद रोष अन्सारीले ३ सय २८ मत ल्याए। २०७४ सालमा तत्कालीन नेकपा एमालेबाट इसाक अन्सारी निर्वाचित भएका थिए।

जो १२ मतले विजयी भए

डोटीको आदर्श गाउँपालिका २ को अध्यक्षमा नेकपाका रामबहादुर बोहरा १२ मतान्तरले विजयी भएका छन्। बोहराले ६६५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महादेव साउदले ६५६ मत ल्याए। यसअघि पनि यो वडामा नेकपा नै विजयी भएको थियो। तत्कालीन नेकपा एमालेका पदम सिं बोहोराले ५ सय २ मत ल्याएर विजयी भएका थिए। भने कांग्रेसका महादेव साउदले ३ सय ५७ र स्वतन्त्रबाट उम्मेदवार बनेका रमेशबहादुर साउदले २ सय ३७ मत ल्याएका थिए।

राप्रपाका उम्मेद्वारको एक भोट मात्र

खोटाङको साकेला गाउँपालिका-३ मा भएको उपनिर्वाचनमा (नेकपा)की शिवकला राई ३९१ मत प्राप्त गरी विजयी भएकी छन्। जिल्लाकै पहिलो महिला वडाध्यक्ष बनेकी छन्। राईका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शुक्रा तामाङले ३ सय ७४ मत प्राप्त गरे।

समाजवादीका रमेश राईले १५ मत र राप्रपाका इन्द्रबहादुर खड्काले १ मत मात्र पाएका मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ। १७ मत बदर भएको छ। यस वडामा २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमालेका मणिकुमार राई विजयी भएका थिए। उनको निमोनियाका कारण मृत्यु भएको थियो। विजयी शिवकला मृतक मणिकुमारकै श्रीमती हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.