यसरी गनिदैँछ धरानको ५५ हजार मत

|

धरान :  ५५ हजार एघार मतदान भएको धरानमा मतगणना जारी छ। शनिबार राती १२ बजेदेखि मतगणना सुरु भएको धरानमा यतिबेला २३ हजार ४ सय ९ मतगणना भइसकेको छ।

धरानको रेयुकाई भवनमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यलयमा मतगणना जारी छ। रातको सनिवार रातको समयमा दुई ठाउमा सुरु भएको मतगणना भएको थियो।

दुइ ठाउँमा मात्र मतगणना हुदा ढिलो भएको भन्दै मुख्य निर्वाचन अधिकृतले थप २ ठाउमा मत गन्‍न‍े प्रबन्ध गरेका थिए।

२३ हजार ४ सय ९ मत गनिसक्दा नेपाली काङ्ग्रेसका उमेदवार तिलक राईले लिडिङ गरिरहेका छन्। वामपन्थीको पकड इलाका मानिएको धरानमा यो पटक भने काङ्ग्रेसले निरन्तर मतान्तर फराकिलो पार्दै ल्याएको छ।

स्थानीय तहको निर्वाचनमा एकता नभए पनि राम्रो मत पाएको नेकपाले आफ्नो ठूलो लिडिङ गर्ने बिश्वास लिइएको थियो। तर सोचेअनुरुप एकता हुँदासमेत आफ्नो मत नआएकोमा नेकपा नेत कार्यकर्ता अचम्मित छन्।

तिलक राईको मत सुनाउँदा ताली पड्काउने र सिट्ठी बजाउनेको सङ्ख्या पनि उस्तै छ। नेकपा कार्यकर्ताहरु 'होपलेस' हुँदै गर्दा काङ्ग्रेसका कार्यकर्ताहरु भने मतगणनास्थलमा भीड बढ्दै गएको देखिन्छ। 

त्यसो त गणना भइसकेका ७ वटा वडामध्ये ५ वटा ठाउँ नेकपाले नै वडाध्यक्षको निर्वाचन जितेको थियो। अहिलेसम्म मतगणना सकिएको वडाहरुमध्ये २०७४ को स्थानीयतह निर्वाचनमा १४ र १८ वडा मात्र कांग्रेसले जितेको हो।

अहिलेको मतपरिणाम अनुसार नेकपाको गढमा कांग्रेसले अग्रता लिएको छ।कम्युनिष्ट गढको रुपमा रहेको धरानमा उपनिर्वाचनको मतपरिणामले भने नेकपालाई धक्का लागेको छ।

अघिल्लो स्थानीय तह निर्वाचनमा वडामा नेकपाको वर्चश्व भएको वडामा पनि मतपरिणाम आफ्नो पक्षमा नदेखिएकोमा नेताहरुले उपमहानगर नेतृत्वमाथि आरोप लगाउन थालेका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.