|

काठमाडौं : १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिताको दशरथ रंगशालामा भव्य उद्घाटन गरिएको छ। भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन्। 

साँझ ५ बजेदेखि सुरु भएको उद्घाटन समारोहमा नेपालको राष्ट्रिय गान बजेसँगै सातै देशका खेलाडीले मार्च पास गरेका थिए। त्यसपछि आयोजक राष्ट्रको तर्फबाट विभिन्‍न जातजातिका सांस्कृतिक झाँकी र नाचगान प्रस्तुत गरिएको छ।

२०७२ को विनासकारी भूकम्पपछि क्षतिग्रस्त दशरथ रंगशालालाई अन्तिम समयमा पुनर्निर्माण सकेर सागको भव्य उद्घाटन गरिएको हो। उद्घाटनका क्रममा रंगशालाबाट विभिन्‍न रंगमा सजाएर आतिसबाजी गरिएको छ।

हेर्नुहोस् फोटो फिचर

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.