|

काठमाडौं : काठमाडौंस्थित दशरथ रंगशालमा १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग)को भव्य उद्घाटन गरिएको छ। भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन्। 

साँझ ५ बजेदेखि सुरु भएको समारोहलाई राष्ट्रपतिले उद्घाटनको घोषणा गरेसँगै आतशबाजी र पटका पड्काएर थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो। समारोहमा लाखे नृत्य र सागको मस्कट प्रस्तुत गरिएको छ।

समारोहमा सात हजार ५०० को संख्या रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन्।

समारोहमा कला र सांस्कृतिक कार्यक्रमको माध्यमबाट नेपालको नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति बनाइनेको थियो। मुलुकका सातै प्रदेश पुर्या‍एर ल्याइएको सागको ज्योति समारोहमा प्रवेश गराइएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.