|

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत पोखरामा ब्याडमिन्टनको इभेन्ट आइतबारबाट सुरू भएको छ।

प्रतियोगितामा महिला र पुरुष दुवै विधामा नेपाली टोलीले सेमीफाईनलमा स्थान बनाउन सफल भयो।ब्याडमिन्टनमा सेमिफाइनलमा स्थान बनाउने टिमले कम्तीमा रजत पदक पक्का गर्ने छ।

पोखरा रंगशाला स्थित ब्याडमिन्टन हलमा भएको प्रतियोगिता अनर्तगत पुरुष तर्फको खेलमा नेपालका रत्नजित तामाङले भुटानका अनिष गुरुङलाई २१–६ र २१–९ को सोझो सेटले पराजित गरे। नेपालका दीपेश धामीले भुटानका निदुप दोर्जेलाई २१–१३ र २१–१४ गरि २–० को सोझो सेटमै पाखा लगाए। तेश्रो खेलमा नेपालका प्रिन्स दाहालले भुटानका नोर्बु ड्रडुपलाई २१–१२ र २१–५ को सेटमै पराजित गर्दे सेमिफाइनल यात्रा तय गरे।

यसै गरि पुरुष तर्फ पाकिस्तान र बंगलादेश बिचको खेलमा बंगालादेश पाकिस्तानसँग तीनै खेलमा सोझो सेटमा पराजित भयो। पाकिस्तानका अलि मुरादले बंगलादेशका गौरब सिंहलाई २१–११ र २२–२० को सेटमा अर्को खेलमा पाकिस्तानका मुहम्मद मकीत ताहिरले वंगलादेशका सैयद, साकेर मोहम्मद अल्लाहलाई २१–१७ र २१–१७ को सेटमा र अर्को खेलमा पाकिस्तानका आविज जाहिदले बंगलादेशका सलमान खान मोहम्मदले २१–१८ र २१–१४ सेटमा पराजित गरे।

महिलातर्फको खेलमा नेपालकी नङ्साल तामाङले बंगलादेकी शाल्पा अख्तरलाई ३–१ को सेटमा २१–१८, १५–२१ र २१–१७ सेटमा पराजित गरिन् नेपालकी रसिला महर्जनले बंगलादेशकी एलिना सुल्तानालाई २८–२६ र २१–१९ अंकसहित सोझो सेटमा र नेपालकी नेसीका गुरुङले बंगलादेशकी वृष्टी खातुनलाई २१–१७ र २२–२० को सोझो सेटमा पराजित गदै सेमीफाईनल यात्रा सुरक्षीत गरेकी हुन्।

त्यसै गरि महिला तर्फ पाकिस्तान र माल्दिभ्सको खेलमा पाकिस्तानकी महुर साहजादले माल्दिभ्सकी अमिनाथ नवीहा अब्दुल रज्जाकलाई २१–१९ र २१–१४, पाकिस्तानका पल्वसा बसीरले माल्दिभ्सकी नेला अहमद नजीवलाई २१–१६, २३–२१ र २१–१७ को सेटमा पराजित गर्दा आर्को खेलमा पाकिस्तानकी गजला सिद्धिकीले फातिमाथ नवाह अब्दुल रज्जाकलाई २१–१५ र २१–१५ ले नै पराजित गरेकी थिईन्। जितपछि नेपालका प्रशिक्षक सुदीप योञ्जनले खेलाडीले योजना अनुसारनै मैदानमा प्रस्तुत भएको र अर्को खेलमा समेत जितलाई निरन्तरता दिने बताए।

हार पछि बंगलादेशका प्रशिक्षक गौतम चण्डुपालले हारको कारण रेफ्रि रहेको बताए। खेलाडीले राम्रो खेलेपनी रेफ्रिका कारण हारेको उनको भनाइ थियो। हाम्रो तर्फको प्रहारलाई लाईन रेफ्रीले धेरै जसो आउट दिएका कारण आफुहरु पराजित भएको उनको भनाइ थियो। ७ स्वर्ण, ७ रजत र १४ काश्य गरी २८ पदकका लागि भएको ब्याडमिन्टनमा सहभागी सबै सात  देशको सहभागीता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.