|

काठमाडौं : दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत नेपालको अत्याधिक मेडल संभावना भएका दुई खेलको प्रतिष्पर्धा आज हुँदै छ। करातेमा ५ स्वर्णको छिनोफानो हुँदा तेक्वान्दोमा १३ स्वर्णको छिनोफानो हुने छ। 

१२ औं सागमा आयोजक भारतले करातेको इभेन्ट नराख्दा नेपाल ३ ओटा मात्रै स्वर्ण जिन्त सफल भएको थियो। यो पटक घरेलु टोली नेपालले कराते इभेन्ट राखेपछि करातेमार्पmत धेरै स्वर्ण आउने अपेक्षा गरेको छ। करातेमा कुल १९ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने छ। 

त्यस्तै तेक्वान्दोमा पनि सोमबार प्रतिष्पर्धा हुँदै छ। तेक्वान्दोमा पौडीपछि सर्वाधिक धरै २९ स्वर्णका लागि भिडन्त हुने छ। जसमा सोमबारनै १३ स्वर्णको छिनोफानो हुने छ। तेक्वान्दोमा धेरै पदक जित्ने अपेक्षा गरेको नेपाल अन्तिम समयमा भारतको सहभागिताको निश्चित भएसँगै कम स्वर्णमा खुम्चीने सम्भावना बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.