|

काठमाडौं : मण्डेकाजी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक जिताएका छन्। सातदोबाटोस्थित कराँते हलमा सोमबार करातेको व्यक्तिगत पुरुष एकल कातामा मण्डेले स्वर्ण जितेका हुन्। 

मण्डेले पाकिस्तानका निएमातुल्हालाई हराउँदै स्वर्ण जितेका हुन्। मण्डेले २५.७२ अंक जोडेका हुन् भने पाकिस्तानका खेलाडीले २४.९२ अंक जोडेर रजतमा सीमित भए।

चन्चलाले जितिन् रजत

नेपालकी चन्चला दनुवारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलकुदमा करातेको व्यक्तिगत महिला एकल कातातर्फ रजत पदक जितेकी छिन् ।

चन्चलाको यो पदकसँगै आयोजकका लागि घरेलु भूमिमा जारी १३ औं सागमा नेपालले पहिलो पदक जितेको हो। सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको फाइनलमा चन्चला पाकिस्तानकी खेलाडीसँग हार्न पुगिन्। चन्चलाले फाइनलमा २४.६२ अंक जोडिन्। स्वर्ण जित्न सफल पाकिस्तानकी साइदाले २५.२८ अंक ल्याइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.