'सरकार छलछाम गर्दैछ'

|

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र संवैधानिक संकट समाधानका लागि अबको १० महिनाभित्र जसरी पनि नेकपा एमालेले निर्वाचन गर्ने बताएका छन्। एमालेले चुनाव गराउने ओलीको यो दोस्रो अभिव्यक्ति हो।

एमालेले विरोध मात्रै गरिरहने कि निकास पनि दिने? विराटनगर विमानस्थलमा मंगलबार पत्रकारको प्रश्नमा ओलीले भने, ‘अबको १० महिनाभित्र संवैधानिक र राजनीतिक संकट समाधानका लागि एमालेले निर्वाचन गर्छ।’

यद्यपि प्रतिपक्षमा रहेको एमालेले कसरी निर्वाचन गर्छ भन्ने ओलीले खुलाएनन्। 

पुस दोस्रो साता काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले एमालेले चुनाव गर्ने बताएका थिए। पढ्नुस्ः सरकारमा एमालेको दावीः ओली भन्छन्- हेर्दै जानुस्, एमालेले चुनाव गराउँछ 

ओलीले 'नालायक सरकारले नालायक तरिकाले काम गरिरहेका कारण निर्वाचन हुने अवस्था पछि सर्दै गएको' आरोप लगाए। 

‘एमाले सरकारमा सहभागी हुँदैन तर सहकार्यमा निर्वाचन गर्नुपर्छ,’ ओलीले भने, ‘१० महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन नभए संवैधानिक र राजनीतिक संकट आउँछ।’ उनले संसदको म्याद थप गरेर समाधान नहुने र एमाले त्यस्तो काममा सहमति पनि नगर्ने बताए।

सरकारले केही निर्वाचनसम्बन्धी विधेयक गृहमन्त्रालयको घर्रामा थन्क्याएको दावी गर्दै ओलीले संसदमा दर्ता गराएको एउटा विधेयक पनि समितिमा छलफलका लागि पठाएर सरकारले ढिलो गरेको आरोप लगाए। ‘सरकार छलछाम र षड्यन्त्र गरेर अघि बढिरहेको छ,’ ओलीले भने, ‘खोइ निर्वाचन विधेयक बनाको? खोई आयोग बनाको? यो सरकार छलछालम गरिरहेको छ।’

दलहरुबीच सहमतिको बिन्दु निर्वाचन मात्रै रहेको बताउँदै ओलीले निर्वाचनको काम अघि बढ्न नसकेकोमा असन्तुष्टि व्यक्त गरे।

सरकारले न्यायाधीश नियुक्तिमा चरम राजनीतिकरण गरेको ओलीले आरोप लगाए। ‘नियुक्ति हुनुपर्छ तर राजनीतिक स्वार्थ बढी भएको देखियो।’

सुन्नुस् अडियो

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.