काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको महिला टिम कातातर्फ नेपालले स्वर्ण पदक जित्न सफल भएको छ।
सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको फाइनल भिडन्तमा नेपालले २४.८८ अंक ल्याउँदै स्वर्ण पदक जितेको हो। रजत जितेको पाकिस्तानले २३.३ अंक प्राप्त गर्यो।
नेपाली टिमका लागि निर्मला तामाङ, संगीता मगर र सरु कार्कीले स्वर्ण जिताएका हुन्। यसतर्फ समूह चरणमा नेपालले २४.७४, बंगलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलंकाको टिमले २२.२५ अंक जोडेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।