|
तेक्‍वान्दोमा स्वर्ण जितेपछि सिना। तस्बिर : शिला तिम्सिना

काठमाडौं : आइतवारदेखि सुरु भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्‍वान्दोमा नेपालकी सिना लिम्बुले स्वर्ण पदक जितेकी छन्। 

सिनाले पुम्सेतर्फको १७ वर्षमाथि र २३ वर्षमूनिको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्न सफल भएकी हुन्। यो स्पर्धामा सिनाले स्वर्ण जित्दा श्रीलंकन खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितेका छन्।

यसघि तेक्वान्दोको पुम्सेतर्फ नै गोविन्दबहादुर आले र कमल श्रेष्ठले स्वर्ण पदक दिलाएका थिए। तेक्‍वान्दोतर्फ पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जित्न सफल भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.