|

काठमाडौं : आयोजक राष्ट्र नेपाललका लागि १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा आयशा शाक्य र पार्वती गुरुङले स्वर्ण पदक जितेका छन्। 

नेपालका लागि पार्वती गुरुङले तेक्वान्दोमा अर्को स्वर्ण थपेकी हुन्। उनले २३ वर्षमाथि र २९ वर्षमुनिको समूहमा नेपाललाई स्वर्ण पदक दिलाएकी हुन्। फाइनल भिडन्तमा उनले ८.२५० अंक बटुल्न सफल भइन् । 

यो स्पर्धामा श्रीलंकाकी थिलाकसिकाजाविराले ८.१४० अंकसहित रजत पदक जितिन् । यसैमा भारतकी हर्षा सिंहले ८.०३० अंकसहित कास्य पदक जित्न सफल भएकी छन्। 

त्यसैगरि नेपालकी भेट्रान तेक्वान्दो खेलाडी आयशा शाक्यले पुम्से २९ वर्षमाथिको समूहमा स्वर्ण पदक जितेकी छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.