|

संखुवासभा : जिल्लाको मकालु गाउँपालिका २ सेदुवाको हिमाद्रि माध्यमिक विद्यालयमा विद्युत् सेवा नहुँदा कम्प्युटर शिक्षा अधुरै भएको छ। विद्यार्थीलाई कम्प्युटर शिक्षाका लागि प्रशस्त ल्यापटप भए पनि सदुपयोग हुन सकेको छैन।

हिमाद्रि माविमा कम्प्युटर कक्षा संचालनका ३० वटा ल्यापटप र दुई वटा डेस्कटप भए पनि दक्ष शिक्षक र विद्युत लाइन नहुँदा त्यसै थन्किएको विद्यालयका प्रधानाध्यापक प्रेमकुमार राईले जानकारी दिए।  प्रअ राईले भने कम्प्युटर कक्षा संचालनका लागि प्रशस्त ल्यापटप छन्। तर कम्प्युटर कक्षा संचालनका लागि दक्ष शिक्षक र विद्युत् लाइन नहुँदा सदुपयोग हुन नसकेको उनले बताए।

विद्यालयमा कम्प्युटर विषय बढाइ हुने भए पनि प्रयोगात्कम दक्ष शिक्षक नहुदाँ त्यस्तै थन्किएको विद्यार्थीको गुनासो छ। दक्ष शिक्षक नहुँदाहामीलाई खोन्न र बन्द गर्न मात्र सिकाइने गरेको कक्षा ९ मा अध्ययरत छात्र दिपेन्द्र राईले गुनासो गरे। उनले भने कम्प्युटरको प्रयोगात्मक कक्षा नहुँदा विद्यार्थीलाई ल्यापटप खोल्न र बन्द गर्न मात्र सिकेको बताए। विषय शिक्षक र विद्युत् लाइन नहुँदा कम्प्युटरको प्रयोगात्मक कक्षा प्रभावकारी नभएको विद्यार्थीको गुनासो छ। 

प्रयोगात्मक विषय शिक्षकले पढाउने मात्र गर्दा पढ्नै गाह्रो हुने गरेको विद्यार्थीले गुनोसो गरे। दक्ष शिक्षक नहुँदा प्रयोगात्मक विषयलाई सैद्धान्तिक रुपमा मात्र पढाइ हुँदा सिकाई शून्य रहेको दिपेन्द्रको भनाइ छ। विद्यालयमा कम्प्युटर विषय राखिएको भए पनि प्रयोगात्मक नहुँदा कितावको भरमा मात्र पढ्न पर्ने कक्षा ८ मा अध्ययनरत राजकुमारी राईले बताइन्। 

प्रयोगात्मक शिक्षा लिनु पनए भए पनि कितावमा मात्र पढ्नु परेको उनको भनाइ छ। सोलर पावरको भरमा चल्ने भएका कारण उच्च हिमाली क्षेत्रमा एक दिन भन्दा बाढी घाम नलाग्न नहुदा ल्यापटपमा पनि चार्ज हुन समस्या भएको विद्यालयका प्रअ राईले गुनासो गरे।

पानी परेको बेला त चार्ज नपुगेर कुनै पनि ल्यापटप खुल्दैन प्रअ राईको बताए। सोलार चार्ज नभएको समय विद्यार्थी कम्प्युटर प्रयोगशाला पुगेर त्यसै फर्कने गरेको प्रअ राईले बताए। प्रयोगात्मक ज्ञान लिनुपर्ने विषयमा सैद्धान्तिक ज्ञान मात्र पाउनु विद्यार्थीको बाध्यता रहेको छ।

विद्यालयमा कम्प्युटर विषय भए पनि विषय शिक्षकको अभाव भएको प्रअ प्रेमकुमार राईले बताए। प्रअ राईले भने, ‘अन्य विषय अध्यापन गराने शिक्षकले इन्ष्टिच्युट गएर केही दिन सिकेको भरमा पूरै कम्प्युटर विषय पढाउनु पर्ने बाध्यता रहेको छ।' 

दुर्गम भएकाले विद्युत लाइन विस्तार नहुँदा सौर्य बत्तीबाट विद्युतीय सामग्री प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ। विद्यालयमा भएका सौर्य बत्तीले सबै ल्यापटप समेत चार्ज नहुँदा एक साथ प्रयोगात्मक कक्षा सञ्चालन गर्न समस्या भएको उनी बताउँछन्।

कक्षा ६ बाट ८ सम्मका विद्यार्थीलाई कम्प्युटर विषय पढाइने गरेको भए पनि प्रभावकारी रुपमा प्रयोगात्मक कक्षा भने सञ्चालन गर्न नसकिएको प्रअ राईको भनाई छ। विद्युत विस्तारका लागि स्थानीयको श्रमदानमा विद्युतका पोल र तार चार वर्ष पहिले नै सेदुवा पर्‍याइएको भए पनि अहिलेसम्म विद्युत विस्तार हुन सकेको छैन। मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा केही समय अगाडि मात्र केन्द्रीत विद्युत लाइन पुगेको छ।

विद्यालयलाई कोरियाको कोम होङ्गील संस्थाले १९ वटा ल्यापटप निशुल्क उपलब्ध गराएको थियो। त्यसैगरी बाँकी ११ ल्यापटप र चार वटा डेस्कटप कम्प्युटर विद्यालय आफैँले खरिद गरेको विद्यालयले जनाएको छ। 

भोल्टेजका कारण दुई वटा डेस्कटप कम्प्युटर विग्रिएका छन्। सोलारको भरमा कम्प्युटर तथा ल्यापटप प्रयोग गर्नु पर्दा भोल्टेजका कारण चाँडो विग्रिएर मर्मत गर्नु पर्ने बाध्यता रहेको छ। विग्रिएका कम्प्युटर मर्मतका लागि लैजाँदा मर्मत गर्ने खर्च ढुवानी मै खर्च हुने विद्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.