|

दाङ : निर्वाचन क्षेत्र नं. ३ (ख) मा प्रदेशसभा सदस्यका भएको उपनिर्वाचनमा (नेकपा) की उम्मेदवार विमला वली विजयी भएपछि विजयी र्‍याली निकालिएको छ। दाङको तुलसीपुरमा रहेको (नेकपा)को पार्टी कार्यालयबाट शुरु भएका र्‍याली तुलसीपुर बजारका विभिन्न स्थान परिक्रममा गरी पश्चिम दाङका विभिन्न स्थानमा पुगेको  थियो।

विमलाले ५ हजार १०४ मतान्तरले कांग्रेसका उम्मेदवारलाई पछि पार्दै निर्वाचित भइन्।  उनले  २४ हजार २८६ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यलाई पछि पार्दै विजयी भइन्। नेपाली काग्रेसका उम्मेदवार आचार्यले १९ हजार १८२ मत ल्याएका थिए।  कुल ६८ हजार ७१९ मतदाता रहेको उक्त क्षेत्रमा ४५ हजार ७१८ मत खसेको थियो।

प्रदेशसभा सदस्यका लागि  विजयी भएकी  विमलाले आफ्नो जित नै स्वर्गीय उत्तर कुमार वलीको जित भएको बताईन। उनले अब आफुलाई पश्चिम दाङका नागरिकहरुले धेरै जिम्मेवार काधमा दिएको भन्दै ति सबै पूरा गर्ने बताईन्। त्यसैगरी नेकपाकी उम्मेदवार विमला विजयी भएपछि नेकपाका नेता कार्यकर्ता खुशी भएका छन्। विमलाको जित नै पश्चिम दाङबासीको जित भएको नेकपाका नेता  हुकुम बस्नेतले बताए।

उनले निर्वाचनको बेला जनतासामु बाचा गरेको कुराहरु अब पूरा हुने समेत बताए। उनले भने पश्चिम दाङको स्वर्गीय उत्तर कुमार वलीले २०७४ सालको निर्वाचनमा जितेपछि धेरै  विकास भएको भन्दै अब ति बाकी रहेका  योजनाहरुलाई विमलाले पूरा गर्नेसमेत बताए।

त्यसैगरी पश्चिमका मतदाताहरुले भने अब विमलाले आफ्नो क्षेत्रको विकास गर्नेमा पूर्ण आशावादी छन्। उनीहरुले विभिन्न समयमा भएको निर्वाचनमा विजयी भएर गएकाले खासै काम नगरेको भन्दै स्वर्गीय उत्तर कुमार वलीले जितेपछि पश्चिम क्षेत्रमा विकासको अनुभूति गर्ने बेलामा उनको निधन भएपछि अब ती काम विमलाले गर्ने पश्चिमका मतदाताहरुको  विश्वास छ।

 यता नेपाली कांग्रेसले चुनाव प्रचार –प्रसारको बेला यस पटक जित आफ्नो हुने भन्दै आएको भएता पनि निर्वाचनमा पराजित भएपछि सहज रुपले हार स्विकार गरेको छ। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सिंचाई मन्त्री  दिपक गिरीले नेपाली सरकारको काम बारबाहीसंग जनताहरु असन्तुटि भएको बेला नेपाली

कांग्रेसका त्यागी उम्मेदवारले जित्ने आशामा नेपाली कांग्रेस  थियो, भन्दै निर्वाचनको २ दिने मौन अवधिमा विभिन्न चलखेल हुदाँ आफूहरुलाई समस्या भएको बताए। सरकारले केही पनि काम गर्न नसकेको सरकार विजयी हुनुमा मौन अवधिमा चलखेल हुदाँ समस्या भएको उनले बताए। त्यसैगरी उनले  हारलाई  स्विकार गर्दै अब नेपाली कांग्रेस नयाँ ढंगले अगाडि बढ्ने बताए।

त्यसैगरी नेता गिरीले जनताको मतलाई पार्टीले सधैंभरी उच्च मुल्यांकन गर्ने बताए। उनले निर्वाचन सम्पन्न भैसकेको अबस्थामा सबै मतदाताहरुमा धन्यवाद भन्दै पार्टीले मतदाताको आशा र भरोसालाई कहिल्यै पनि टुटन नदिनेसमेत बताए। उनले अन्तिम पटक पश्चिम दाङका जनताहरुले दुई तिहाईको सरकारलाई समर्थन गरेको भन्दै  जनभावनाअनुसार काम गर्न नसके आगामी निर्वाचनमा दाङका तिनवटै निर्वाचन क्षेत्रमा काग्रेसको विजयी निश्चित भएको समेत बताए।

नेता गिरीले मौन अबधिमा गाउँ गाउँमा हतियार प्रदर्शन गरि जनतामा त्रास फैलाएकोले पश्चिम दाङमा आफुहरुले पराजय भोग्नुपरेको बताए  यता काग्रेस उम्मेदवार आचार्यले नेकपाकि विजयी उम्मेदवार विमला वलीलाई बधाई दिएका छन्।

उनले वली निर्वा्चित भए लगत्तै सामाजिक सजाल र टेलिफोन गरेर वलीलाई बधाई दिएका हुन्।

यता दाङको २ स्थानमा मतदान शान्ति पुर्ण रुपमा सम्पन्न भएपछि मुख्य निर्वाचन  अधिकृत रितेन्द्र थापाले धन्यवाद दिएका छन्। उनले मतदान र मतगणना शान्ति पूर्ण रुपमा सम्पन्न भएको समेत बताए।

 विमलाले आफूलाई समाल्न सकिनन्

निर्वाचित भएर मुख्य निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिएर तुलसीपुर आई पुग्दा विमला निकै खुशी थिईन्। जब पार्टी कार्यालयमा स्वर्गीय उत्तरकुमार वलीको तस्विरमा माल्‍यार्पण गर्दा त्यति बेला उनी आफूलाई समाल्न सकेकी थिइनन्।  विजयीको खुशी भएको बेला विमलाले आफूलाई समाल्न नसक्दा त्यहाँ उपस्थित नेता कार्यकर्ताको अनुहार नै मलिन देखिन्थ्यो। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.