|

काठमाडौंः ५१ प्रतिशत सरकारी स्वामित्व रहेको कृषि विकास बैंकको अहिलेको चुक्ता पुँजी  जम्मा ५ अर्ब ९० करोड ६४ लाख रुपैयाँ छ। नेपाल राष्ट्र बैंकको नियम अनुसार वाण्ज्यि बैंकहरुलाई २०७४ असार मसान्त सम्म ८ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्‍याउनु पर्नेछ। त्यसका लागि कृषि विकास बैंकले असार २ अर्ब ९ करोड ३६ लाख चुक्ता पुँजी बढाउनुपर्ने हुन्छ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लिालाप्रसाद सिटौला असार मसान्तसम्म २ अर्ब ६० करोड चुक्ता पुँजी वृद्धी दाबी गर्छन। राष्ट्र बैंकले ८ अर्ब पुर्‍याउन तोकेको मितिसम्म हाम्रो चुक्ता पुँजी ८ अर्ब ५० करोड रुपैया पुग्ने छ। मंगलाबार गरिएको पत्रकार सम्मेलनमा सिइओ सिटौलाले भने।

यस्तो छ बैंकको योजना?

चुक्ता पूँजी बृद्धिको लागि साधारण चुक्ता पुँजी २०७२\७३ को लाभांसबाट २० प्रतिशत वोनस शयेर प्रदान गर्ने बैंकको योजना छ। शेयर प्रदान गर्दा ७ अर्ब ८ करोड ७६ लाख हुनेछ। त्यस्तै बैंकसँग अग्राधिकार नन्क्युमिलेटीभ इरीडेमेवल प्रिफिरेन्स शेयर ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रहेको छ। जारी पुँजी संस्थापक शेयरधनी नेपाल सरकारको ५१ प्रतिशतले ३ अर्ब १ करोड २२ लाख ६४ हजार र सर्वसाधारण समूह शेयरधनीको ४९ प्रतिशतले रु. २ अर्ब ८९ करोड ४१ लाख ३६ हजार हुनेछ।

वित्तीय स्थिति

बैंकले चालु आर्थिक वर्षको पहिलो ५ महिनामै सावा ४३ अर्बको कर्जा प्रवाह गरेको छ। मंसिर मसान्तसम्ममा कर्जा प्रवाह ४३ अर्ब २० करोड रुपैयाँ पुगेको बैंकका सिइओ सिटौलाले जानकारी गराए।

बैंकको सावाँ असुली ३७ अर्ब ६४ करोड, व्याज असुली ४ अर्ब १५ करोड र निक्षेप सङ्कलन ८८ अर्ब ५८ करोड रुपैयाँ भएको छ। यो गत वर्षको तुलनामा ८ प्रतिशतले बृद्धि हो। लगानीमा रहिरहको कर्जा ८८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। यो गत वर्षको तुलनामा २१ प्रतिशतले बढी हो।

बैंकको पुँजी संरचना

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार तयार गरिएको बैंकको नयाँ पुँजी योजनामा कुल अधिकृत पुँजी रु.१८ अर्ब र जारी पुँजी  ११ अर्ब ३३ करोड ९१ लाख १२ हजार रुपैयाँ रहेको छ। २५० शाखा कार्यलय रहेको बैंकमा हाल २७ सय १६ कर्मचारी कार्यरत छन्।

बैंकले अहिले १ लाख ६२ हजार जनालाई कर्जा प्रवाह गरेको छ। द्धन्द्ध कालमा विस्थापित भएका ७५ वटा कार्यालयमध्ये बैंकले हालसम्म ७० वटा कार्यालयहरू पुनस्र्थापना गरेको छ। २०२४ साल माघ  ७ गते स्थपना भएको यो बैंकले शुक्रबार स्थपनाको ६० औँ वर्ष मनाउदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.