|

काठमाडौं : काठमाडौंमा जारी दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेक्‍वान्दोतर्फ नेपालले अर्को स्वर्ण पदक जितेको छ। तेक्‍वान्दोको पुम्से जोडीतर्फबाट आयशा शाक्य र सञ्जीवकुमार ओझाले स्वर्ण पदक जितेका हुन्। 

योसँगै तेक्वान्दोबाट नेपालले हालसम्म पाँचवटा स्वर्ण पदक जितेको छ। यसअघि  आयशा शाक्यले पुम्से २९ वर्षमाथिको समूहमा अर्को स्वर्ण पदक जितिसकेकी छन्। 

नेपालका लागि पार्वती गुरुङले तेक्वान्दोमा स्वर्ण जितेकी थिइन्। उनले २३ वर्षमाथि र २९ वर्षमुनिको समूहमा नेपाललाई स्वर्ण पदक दिलाएकी हुन्। फाइनल भिडन्तमा उनले ८.२५० अंक बटुल्न सफल भइन् । 

नेपालले तेक्वान्दोतर्फ हालसम्म पाँचवटा स्वर्ण पदक जितेको छ। नेपालका लागि तेक्‍वान्दोतर्फ सिना लिम्बूले नेपाललाई स्वर्ण पदक दिलाएकी छन्। सिनाले पुम्सेतर्फको १७ वर्षमाथि र २३ वर्षमूनिको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्‍न सफल भएकी हुन्। 

यो स्पर्धामा सिनाले स्वर्ण जित्दा श्रीलंकन खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितेका छन्। त्यसैगरी कमल श्रेष्ठले तेक्‍वान्दोतर्फकै पुम्सेको पुरुष एकलबाट स्वर्ण पदक जितेका छन्। तेक्वान्दोतर्फ पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जित्न सफल भएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.