सरकारले ऐनाको धुलो हैन अनुहारको धुलो पुछ्‍‍न आवश्‍यक : प्रवक्ता शर्मा

|

काठमाडौं : नेपाली कांग्रेसले मंसिर १४ गतेको उपनिर्वाचनले पहिले जितेको स्थानमा कतिपय वडा अध्यक्षको पद गुमाएर पनि महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ। सोमबार पार्टी प्रवक्ता विश्‍वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै कसैले कांग्रेस कहाँ छ भनेर सोध्दा देखाउने ठाउँ बनाएको बताए। 

यो बेलामा कसैले कांग्रेस कहाँ छ भनेर सोध्यो भने हामी स्पष्ट रूपमा भन्न सक्छौँ प्रवक्ता शर्माले भने, 'कांग्रेस खोज्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको चितवनमा जाँदा हुन्छ, प्रधानमन्त्रीको घर भएको भक्तपुर जाँदा पनि हुन्छ, तत्कालीन सभामुख निर्वाचित भएको दाङका वडामा जाँदा पनि हुन्छ हामीले यस्तो अवस्था बनाएका छौँ।'

उनले निर्वाचन आचारसंहिता लागू गर्न सरकारले नसकेको र आफ्नो दललाई जिताउन लागिपरेको आरोप लगाए। 'रिक्त पदमा पनि पूर्ति गर्न नहुने अवस्थामा प्रदेशप्रमुखहरू हटाएर नियुक्ति गरिएको छ, चितवनमा हाम्रा साथीहरू कुटिए' शर्माले भने 'विगतमा कांग्रेस हारेर पनि निष्‍पक्ष चुनाव गराउने अभियानमा लाग्यो तर वर्तमान सरकारले आगामी निर्वाचन पनि निष्‍पक्ष बनाउन भन्नेमा शंका उत्पन्न भएको छ। 

शर्माले निवार्चित जनप्रतिनिधिलाई जनताले सुम्पिएको जिम्मेवारी नभूल्नको लागि पनि आग्रह गरेका छन्। उनले सरकारका लागि पनि उपनिर्वाचनबाट सन्देश आएको बताउँदै सरकारले ऐनाको धुलो पुछ्‍नुअगाडि अनुहारको धुलो पुछ्न आवश्‍यक रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.