स्ट्यान्डर्ड चार्टर्डले लग्यो डेढ अर्ब

|

काठमाडौं : बैंकिङ क्षेत्रमा भएको अधिक तरलता कम गराउन राष्ट्र बैंकले बैंकहरुलाई उपलव्ध गराउने भनेको ४० अर्ब रुपैयाँमध्ये डेढ अर्ब रुपैयाँ मात्रै उपलब्ध गराएको छ।

तरलता कम गर्न ६ महिनाको लागि ४० अर्ब रुपैयाँ उपलव्ध गराउन राष्ट्र बैंकले मंगलबार ऋणपत्र बेचेर पैसा लैजान आह्वान गरेको थियो। तर राष्ट्र बैंकले अन्य बैंकहरुको छाडेर स्टान्डर्ड चार्टर बैंकको ऋणपत्र मात्रै स्वीकृत गरेको छ।

राष्ट्र बैंकको आह्वान अनुसार स्टान्डर्ड चार्टर बैंकले १ अर्ब ५३ करोड रुपैयाँ पाएको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक त्रिलोचन पंगेनीका अनुसार २७ वटा बैंकका निवेदन परेकोमा एउटा बैंकको मात्रै स्वीकृत गरिएको छ।

'२७ वटा बैंकका निवेदन आएकोमा २६ वटाबाट ३.७४ प्रतिशत भन्दा कम ब्याज दरको प्रस्ताव आयो। त्यसैले दिन सकिएन। एउटालाई मात्रै उपलब्ध गराइयो,' पंगेनीले भने। उता बैंकर उपेन्द्र पौडेल राष्ट्र बैंकले उपलब्ध गराउन खाजेको पैसा बैंकलाई आवश्यक नपरेकाले चासो नदेखाएको बताउँछन्। उनले राष्ट्र बैंकबाट लिएको पैसा बैंकमा प्रयोग विहीन हुने भएकाले चासो नदेखाएको बताए।

'राष्ट्र बैंकले भनेको प्रयोजनका लागि बैंकहरुलाई पैसै चाहिएको छैन। लोन दिनलाई डिपोजिटबाट दिइन्छ बैंकलाई चाहिएको रिपो हैन,' बैंकर्स संघका निर्वतमान अध्यक्ष पौडेलले थाहाखबरसँग भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.