कराँतेबाट स्वर्णको संख्या सात पुग्यो

|

काठमाडौं : मंगलबारदेखि जारी दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेतर्फ नेपालले अर्को स्वर्ण पदक जितेको छ। नेपालका लागि अनु अधिकारीले कराँतेतर्फ सातौँ स्वर्ण पदक जिताउन सफल भएकी छन्। 

त्यसैगरि कराँतेकै ४५ केजीतर्फ नेपालकी कुसुम खड्काले पनि स्वर्ण पदक जितेकी छन्। ४५ केजी महिला कराँतेमा कुसुमले बंगलादेशकी खेलाडी मौनजिरा बोर्नालाई हराउँदै स्वर्ण पदक जितेकी हुन्। 

कुसुमले फाइनल यात्रका क्रममा श्रीलंकाकी सेनाराथ अराच्चिगेलाई सेमिफाइनलमा पाखा लगाएकी थिइन्। अर्को सेमिफाइनलमा पाकिस्तानकी एन्वेर एकुरालाई हराउँदै  बंगलादेशकी मौनजिरा बोर्ना फाइनलमा पुगेकी थिइन्। 

यसअघि नेपालका लागि कराँतेको पुरुष एकल कातातर्फबाट मण्डेकाजी श्रेष्ठले जिताएका थिए। नेपालका लागि मन्डेकाजीले व्यक्तिगत स्पर्धा र समूहमा दुईवटा स्वर्ण पदक जित्न सफल भएका थिए। 

उनले करातेको एकल कातातर्फ पहिलो तथा पुरुष टिम कातामा महसुस तामाङ र प्रविण महर्जनसँगै अर्को स्वर्ण पदक जितेका हुन्। कराँतेतर्फ नेपालले सातवटा स्वर्ण पदक जितेको छ। 

मन्डेकाजीले २५.७२ अंकसहित नेपाललाई करातेतर्फ १३औं सागको पहिलो स्वर्णपदक जिताए। यसतर्फ पाकिस्तानका निमातुल्लाहले २४.९२ अंकसहित रजत पदक जिते। कराँतेको पुरुष टिम कातामा नेपालले अर्को स्वर्ण पदक जितेको छ। 

सातदोबाटोस्थित कराते हलमा सोमबार भइरहेको प्रतियोगितामा मन्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण महर्जनको टोलीले २५.५४ अंक बटुल्दै स्वर्ण पदक जित्यो। फाइनलमा श्रीलंकालाई हराएर नेपाली टोलीले स्वर्ण पदक चुमेको हो।

नेपालले कराँतेको महिला टिम कातातर्फ पनि स्वर्ण जितेको छ। नेपालले २४.८८ अंकसहित स्वर्ण पदक जितेको हो। नेपालले फाइनल भिडन्तमा पाकिस्तानलाई हराएको हो। नेपालका लागि सरु कार्की, निर्मला तामाङ र संगीता मगरले स्वर्ण जिताएका हुन्। 

नेपाली टोली पहिलो चरणमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेर स्वर्ण जितेको हो।  नेपालका लागि कराँतेतर्फ लक्ष्मण तामाङले चौथो स्वर्ण पदक जित्न सफल भएका छन्।

५५ केजी तौल समूहतर्फ नेपालका लक्ष्मण तामाङले स्वर्ण पदक जितेका हुन्। उनले फाइनल भिडन्तमा बंगलादेशका मोहम्मद मोस्ताफालाई हराउँदै स्वर्ण चुमेका हुन्।  

लक्ष्मणले सेमिफाइनलमा श्रीलंकाका वार्नकुल सिरियाजकलाई हराएका थिए। त्यस्तै बंगलादेशी खेलाडी मोस्ताफाले पाकिस्तानका मुरद खानलाई हराउँदै फाइलन प्रवेश गरेका थिए।  विप्लवलाले जिते स्वर्ण पदक  कराँतेतर्फको ८४ केजी समूहमा नेपालका लागि विप्लवलाल श्रेष्ठले स्वर्ण पदक जितेका छन्।  

सातदोबाटोस्थित कराँते हलमा भएको फाइनल प्रतिस्पर्धामा विप्लवलालले पाकिस्तानका मोहम्मद बाजलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्।  स्वर्ण जित्ने क्रममा विप्लवलालले सेमिफाइनलमा श्रीलंकाका माग्गोना गमरललएजलाई पराजित गरेका थिए। विप्लवलालसँगको भिडन्तमा श्रीलंकाली खेलाडीले अंकै जोड्न पाएनन्।  

विप्लवलालसँग पराजित पाकिस्तानका बाजले सेमिफाइलनमा बंगलादेशका एमडी एटिक्वुरलाई पराजित गरेका थिए। योसँगै नेपालले कराँतेबाट पाँचवटा स्वर्ण पदक जितेको छ। दिवसलाई रजत यसअघि ७४ केजी समूहमा नेपाली खेलाडी दिवस श्रेष्ठले रजत पदक जितेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.