|

काठमाडौं : दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेक्‍वान्दोतर्फ नेपालले अर्को स्वर्ण पदक जितेको छ। नेपालका लागि छैटौं स्वर्ण पदक पुम्से विधाको महिला १७-२३ वर्ष उमेश समूहबाट जितेका हुन्। 

नेपालका लागि निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जीला तामाङले टिम इभेन्ट स्पर्धाबाट अर्को स्वर्ण पदक थपेका हुन्।  नेपाली टिमले ७.९८० अंक ल्याए।

रजतमा रोकिएको भारतीय टिमले ७.९७० अंक ल्याएर दोस्रो भयो। तेस्रो भएको बंगलादेशले ७.७६० अंक ल्यायो। यो समेत गरी नेपालले १४ स्वर्ण पुर्‍याएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.