|

 काठमाडौं : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ। आयाल निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार राति १२ बजेदेखि कार्यान्वयन हुने गरी २/२ रुपैयाँ मूल्य वृद्धि गरेको छ। 

इण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। मूल्य बढेसँगै अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ।

निगमले स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गरेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.