|

इटहरी : संस्कृति उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईले नुहाउँदा स्वर्ग पुगिने बिश्वास गरिएको बराह क्षेत्रमा माघे संक्रान्तिमा कोका नुहाउँन आउने बताए। 

मन्त्री भट्टराईले हिन्दु धर्मावलम्बीको पवित्र तथा पहिलो तीर्थस्थल बराह क्षेत्रको थप प्रचार गर्न आफू माघे संक्रान्तिमा कोका नुहाउन आउने बताए। बिराटनगर बिमानस्थलको क्षमता बढाउने छलफल कार्यक्रमका लागि मोरङ आएका मन्त्री भट्टराईले कोशी टप्पुकाे बराह क्षेत्र ९ को वडा कार्यालय उद्घाटन गर्न पनि भ्याएका थिए।

मन्त्री भट्टराईले कोशीटप्पु, रामधुनी र बराह क्षेत्रमा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने गरी रणनीति तयार भएको पनि जानकारी थिए। उनले भने,' छोटो दूरीमा धेरै पर्यटकीय स्थलहरू छन्। यसलाई प्याकेज बनाइ विकास गर्ने गरी काम सुरु भएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.