|

काठमाडौं : अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले कीर्तिमानी छैटौँ पटक बालोन डी ओर अवार्ड जितेका छन्।

सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जिते। फ्रान्सको पेरिसमा मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भान डाइकलाई पछि पार्दै अवार्ड जिते। 

मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन्। मेस्सीले यस अघि सन् २००९ देखि १२ सम्म र २०१५ मा गरी पाँच पटक अवार्ड जितेका थिए।

मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन्। महिलातर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन्। त्यस्तै लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.