|

काठमाडौं : विद्यार्थीहरूको भविष्य खेलवाड हुन नदिन आफुहरू कटिबद्ध रहेको त्रिविवि अनुदान आयोगका सदस्य सचिव देवराज अधिकारीले जानकारी दिएका छन्।

त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम वर्ष प्रथम सेमेस्टरको पुरानो कोर्सको 'क्वान्टम मेकानिक्स'को परिक्षामा पाठ्यक्रम भन्दा बाहिरबाट प्रश्न सोधिएको बारे तीन दिनभित्र जवाफ दिनु भनि अनुदान आयोगले मागेको जवाफ त्रिभुवन विद्यालयले जवाफ दिन आलटाल गरेको छ।

 परिक्षा अघिल्लो वर्ष पौष २९ गते भएको थियो।  आयोगले मंसिर १० मा विगत एक वर्ष देखिको जारी समस्याको वस्तुस्थिति के हो? विश्वविद्यालयको पछिल्लो धारणासमेत माग गरेको थियो। त्यस्तै  मिति २९ पुस २०७५ मा दिएको परिक्षामा ४५ पुर्णाकंको प्रश्नमा ४० नम्बरको प्रश्न पाठ्यक्रम बाहिरबाट सोधिएपछी विद्यार्थीले परिक्षा बहिस्कार गरेका थिए।

 बहिस्कार पश्चात विद्यार्थीले चरणबद्ध आन्दोलन गरेका थिए। सत्यतथ्य छानविन गर्न तत्कालिन शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठिले छानविन समिति गठन गरेकी थिइन्। छानविन समितिले उक्त परिक्षामा सोधिएका अधिकांश प्रश्नहरु पाठ्यक्रम बाहिरबाट आएको जनाएको थियो। यसबारे विश्वविद्यालयले कुनै सुनुवाइ नगरेपछि आयोगले चासो दिएको छ। 

उक्त गैरकानुनी परिक्षा बदर गर्नुपर्ने र दोषी शिक्षक तथा पदाधिकारीमाथी कारवाही गर्नुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेका थिए । साथै विद्यार्थीको उजुरी पश्चात प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रहने रास्ट्रिय सतर्कता केन्द्र साथै त्रिभुवन विश्वविद्यालयका सहकुलपतिको हैसियतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले समस्या समाधान गर्न दिएको निर्देशन पनि विश्वविध्यालयले अटेर गरेको गुनासो विद्यार्थीको छ। 

 प्रश्नपत्र निर्माणमा संलग्न व्यक्तिहरु नै विषय स्थायीमा भएकोले तिनीहरुले प्रतिवेदनमा प्रश्नपत्रमा सोधिएको प्रश्नहरु पाठ्यक्रम बाहिरबाट नभएको भनी झुटो प्रतिवेदन डिनको कार्यालयमा बुझाई आफ्नो गल्ती स्विकार नगरी केही विद्यार्थीलाई परिक्षा दिन लगाएर पास गरेको विद्यार्थी हकहित संरक्षण समितिका संयोजक आशिष पौडेललको दाबी छ। । पाठ्यक्रम बाहिरको प्रश्न सोधेर केही विद्यार्थीलाई परिक्षा दिन लगाएर उत्तिर्ण बनाइएको छ।

 आफ्नो गल्ती ढाकछोप गर्न तथा विद्यार्थीको जायज मागलाई कमजोर बनाउन विद्यार्थीलाई दुई कित्तामा विभाजन गरि मनोमानी ढङ्गले विश्वविद्यालयले विद्यार्थीको भविष्यमाथी खेलवाड गरेको छ', पौडेलले भने। त्रिभुवन विश्वविद्यालयले अनुदान आयोगलाई नै अटेर गरी अगाडी बढिरहेको अवस्थामा छानविन टोली गठन हुने अनुदान आयोगका सदस्य सचिव देवराज अधिकारीले जानकारी दिए।

 'हामीले त्रिभुवन विश्वविद्यालयका सम्पुर्ण कागजातहरू मागेका छौं। सम्भवत मंगलबार त्रिभुवन विश्वविद्यालयले हामीलाई कागजात उपलब्ध गराउनेमा हामी विश्वस्त छौ' सदस्य सचिव अधिकारीले भने,'विद्यार्थीको भविष्यमाथी खेलवाड हुन हामी दिदैनौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.