समाज

बागलुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

मंसिर १७, २०७६

    बागलुङ :   जिल्लाको बडिगाड गाउँपालिका–७ मा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

    दुर्घटनामा ३ जना घाइते भएको र एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

    गुल्मीको ईस्माबबाट बुर्तिबाङ आउँदै गरेको जीप दुर्घटनामा परेको जनाइएको छ। बडिगाड गाउँपालिका-७ भिङगिठे घोपर्नामा जीप दुर्घटना भएको हो।

    गुल्मी ईस्माबबाट बुर्तिवाङ तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्वरको जीप बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक झविन्द भट्टराईले बताए।

    दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको मृत्यू भएको छ। तीनजनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाइएको प्रनाउ भट्टराईले बताए।

    मृत्यु हुनेहरुमा निसीखोला गाउँपालिका २ देवीस्थान बायाँखोला देवाली पूजाका लागि आउँदै गरेका यात्रुहरु परेका प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]